फुस्रो छाला हुनेले के गर्ने के नगर्ने?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७३, बिहीबार ०७:४६

एलिसा लेप्चा व्युटिसियन।skin

फुस्रो छाला हुनेहरूलाई विशेषगरी नुहाएपछि हैरानी हुन्छ । नुहाएपछि छाला झनै फुस्रो भएर तनाव व्यहोर्नुपर्छ । मजैले नुहाउँदा पनि छालामा मैलो बसिरहेजस्तो देखिन्छ । यस्ता व्यक्ति छालाको स्याहारमा विशेष सजग हुनैपर्छ । नुहाएपछि फुस्रोपन बढ्ने भएकाले नुहाउँदा र नुहाइसकेपछि गर्नुपर्ने सामान्य कर्ममा ख्याल पु(याउनुपर्छ । ब्युटिसियन एलिसा लेप्चाले छाला फुस्रो हुनेहरूले के गर्ने र के नगर्ने भन्दै टिप्स दिएकी छिन् स् नुहाउनुअघि प्याक फुस्रो छाला भएका व्यक्तिले नुहाउनुअघि छालाको हल्का ट्रिटमेन्ट गर्नु राम्रो हुन्छ । घरमै विभिन्न प्याक बनाएर लगाउन सकिन्छ । हनी प्याक एउटा उत्तम विकल्प हुनसक्छ । मह छालाका लागि निकै नै उपयोगी चिज हो । नुहाउनुअघि मह र दहीको प्याक बनाएर पूरै शरीरमा लगाउनु फलदायी हुन्छ । शरीरमा प्याक सुकेपछि नुहाउँदा छाला रुखो बन्दैन । नुहाउने पानी छाला फुस्रो छ, तर कस्तो पानीले नुहाउनुहुन्छ रु यो एउटा महत्वपूर्ण पाटो हो । तातोपानीले नुहाउनुहुन्छ भने तपाईंको छालाको फुस्रोपन झनै बढ्छ । प्राकृतिक तेल उत्पादन फुस्रो छालामा निकै कम हुन्छ । तातोपानीले नुहाउँदा त्यही सामान्य भएको तेल पनि नष्ट हुन्छ । त्यसैले जहिल्यै चिसो पानीले नुहाउनुहोस् । चिसो मौसममा पनि तातो पानीमा मन नलैजानुहोला । बरु, स्टिम बाथ लिँदा राम्रै हुन्छ । पानीमा तेल फुस्रो छालामा जतिसक्दो तैलीयपन पूर्ति गर्नुपर्छ । नुहाउँदा पानीले शरीरको तैलीयपन नष्ट गर्छ । यसकारण चिसो पानीमा तेल मिसाएर नुहाउन सक्नुहुन्छ । यसले फाइदा गर्छ । जैतुन या बदामको तेल मिसाउनु उत्तम हुन्छ । पानीमा तेल धेरै राख्न भने आवश्यक पर्दैन । केही थोपा राखेर नुहाउँदा पनि सकारात्मक परिणाम मिल्छ । साबुन फुस्रो छाला हुनेले नुहाउँदा प्रयोग गर्ने साबुनमा पनि खास सचेत हुनैपर्छ । सकेसम्म प्राकृतिक बुटीबाट बनेका साबुन प्रयोग गर्नु उपयुक्त हुन्छ । घ्युकुमारी र निमबाट बनेका प्रोडक्टले छालालाई फुस्रो हुन दिँदैन भने घाउखटिरा आउनबाट पनि जोगाउँछ । याद गर्नुहोस्, बास्नादार साबुनबाट टाढै रहनुहोला । साबुन जति बास्नादार हुन्छ उति नै केमिकल मिसाइएको हुन्छ । नुहाएपछि मोस्चराइजर नुहाएपछि जुनसुकै प्रकृतिका छाला भएका व्यक्तिले पनि मोस्चराइजर प्रयोग गर्नु राम्रो हुन्छ । फुस्रो छाला भएकालाई त झनै जरुरी पर्छ । नुहाएपछि पूरै शरीरमा मोस्चराइजर गर्नुपर्छ । नुहाएर पहिलोपटक लगाएको एक घन्टापछि पनि छालामा रुखोपन देखियो भने दोस्रोपटक मोस्चराइजर लगाउनुपर्छ । बारम्बार ननुहाउने फुस्रो छाला भएका व्यक्तिले बारम्बार नुहाउनु उत्तम होइन । बारम्बार नुहाउँदा शरीरमा भएको प्राकृतिक तैलीय पदार्थ नष्ट हुन्छ । यसले छालालाई झनै रुखो बनाउँछ । फुस्रो छाला हुनेले सकेसम्म शरीरको प्राकृतिक तेल नै जोगाउनुपर्छ । nayapatrika बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१