ब्राजिल लाई हराउदै नेदरल्याण्ड बिश्वकप फुटबलको तेस्रो स्थानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ असार २०७१, आईतवार ०८:५६

जारि विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई हराउँदै नेदरल्याण्ड तेस्रो स्थान ओगट्न सफल भएको छ । आयोजक ब्राजिललाई नेदरल्याण्डले ३, ० गोल अन्तरले हराउँदै तेस्रो स्थान पक्का गरेको हो । पहिलो हाफको सुरुवातमा केहि तालमेल नमिल्दा ब्राजिलको रक्षापंक्तीबाट भएको कमजोर प्रदर्शनका कारण नेदरल्याण्डले पहिलो हाफमा २, ० गोलको अग्रता लिएको थियो। केलको तेस्रो मिनेटमा ब्राजिलियन कप्तान सिल्भाले डच रोब्बेनलाई डिएरियामा लडाउँदा पाको पेनाल्टीलाई भान पर्सीले गोलमा परिणत गरेका थिए।

brazil vs netharland

त्यसैगरि १७ औं मिनेटमा डेविड लुईजले गरेको हेड नेदरल्याण्डका खेलाडी ब्लाईन्डको खुट्टामा पर्दा दोस्रो गोल हुन पुगेको थियो। पहिलो दुवै गोल ब्राजिलको रक्षापंक्तीको कमजोरिका कारण हुन पुगेको थियो।

दोस्रो हाफमा ब्राजिलले राम्रो खेलको प्रदर्शन गरेको थियो। खेल अवधीमा नेदरल्याण्डलाई केहि दवावमा राखेता पनि गोल गर्न नसक्दा खेल नेदरल्याण्ड कै पक्षमा रहन पुगेको थियो। दोस्रो हाफमा ब्राजिलले केहि राम्रा आक्रमणको रणनिती बुने पनि सफल हुन सकेन। सेमीफाईनलमा लज्जास्पद हार ब्योहोरेको ब्राजिलले तेस्रो स्थानकालागि भने प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको थियो। खेलको ९१औ मिनेटमा विजनाल्दुमले तेस्रो गोलगर्दै नेदरल्ञाण्डलाई ३(० गोलको अन्तरले बिजयी गराउन महत्वपुर्न भुमिका खेलेका थिए।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१