साहिदकी छोरीको नाम मिसा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०७३, बिहीबार ०६:५४

बलिउड अभिनेता साहिद कपुर केही समययता फिल्म र अभिनयका कारणभन्दा पनि छोरीको नाम के राख्लान् भन्ने विषयले चर्चामा आए । त्यसो त छोरीको बाबु बनिसकेको लामो समय भइसक्दा पनि उनकी छोरीको नाम के भन्ने प्रश्न अहिले पनि चर्चामा छ । विभिन्न रिपोर्टमा साहिद र पत्नी मीरा राजपुतले छोरीको नाम नराखेको दाबी गर्दै आइएको छ । तर, फिल्मफेयरले दाबी गरेको यी दुईले छोरीलाई नाम दिएका छन्– मिसा । यो नाम उनीहरू दुईजनाको नामको पहिला दुई अक्षरको ‘कम्बिनेसन’ हो । अत्यन्त धेरै चर्चा गरिएपछि अभिनेता साहिदले पनि छोरीको नाम मिसा राखेको ट्विटरमा स्विकारेका पनि छन् । उनले ट्विटरमा लेखेका छन्, ‘मिसा कपुरले ड्याडीलाई जहाँ पनि जान असम्भव बनाउँछिन् ।’ त्यसो त उनीहरूले यो नाम अमृतसारमा एक तान्त्रिक बाबालाई भेटेर राखेको चर्चा पनि अहिले बलिउडमा व्यापक भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१