‘पिए त पिए’ भन्दै किन पिउदैछन् गायक स्वरूपराज आचार्य (भिडियो)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०७३, बुधबार १२:३४
काठमाडौँ, म्युजिक हाईलाईटको प्रस्तुतिमा शब्दकार पारसमणी बरालको एकल शब्द रहेको एल्बम ‘पारसमणी’ बाट ‘पिए त पिए कति नै पिए’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ l एल्बममा संगीतकार शक्ति बल्लभको पनि एकल संगीत रहेको छ l शक्ति बल्लभको संगीत तथा मनोहर सुनामको संगीत संयोजन रहेको यस गीतमा स्वरूपराज आचार्यको आवाज सुन्न सकिन्छ l
बिक्रम दाहालको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा सरोज र क्रिस्टिना फिचरिंग छन् l भिडियोलाई ओम प्रसाईले छायांकन तथा सम्पादन गरेका छन् l उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ l
भिडियो हेर्नुहोस्:

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१