उपत्यकाका विभिन्न आधा दर्जन स्कूल अगाडि बम फेला पर्यो, तीन जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०७३, मंगलवार ०८:१६

काठमाडौँ ४ असोज । काठमाडौं उपत्यकाका विभिन्न आधा दर्जन स्कूल अगाडि बम फेला परेको छ । प्रहरीका अनुसार ललितपुरको रेडियन्ट स्कुल, काठमाडौंको डल्लुस्थित कञ्चजजंघा स्कुल, बौद्धस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र बौद्ध दक्षिणढोकास्थित मनकामना स्कुलमा बम आतंक मच्चिएको हो।%e0%a4%ac%e0%a4%ae
यसैबीच माउन्ट युराल रिडर्स एकेडेमी स्कुलमा भेटिएको सुतली बम सेनाको टोलीले डिस्पोज गरिएको बौद्व प्रहरीले जानकारी दिएको छ ।

यसैगरी ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमी स्कुलमा पनि प्रेसर कुकर बम भेटिएको छ । रेडियन्ट रिडर्स एकेडेमी स्कुलको गेटमा नयाँ प्रेसर कुकर र तार भेटिएको हो ।

सो स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल केन्द्रीय समिति नामको संयुक्त पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
मनकामना उच्चमावि अघि राखिएको बम बिहान सबेरै विस्फोट भएको थियो । विस्फोटबाट गेटमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
बम राखेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१