आँफु ठमेलको विकासका लागी रातदिन लागिपरेको देखेर विरोधिहरु तर्सिए : अध्यक्ष थपलिया

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७३, सोमबार १६:२९

काठमाडौँ । राजधानीमा आज पत्रकार सम्मेलन गरि ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलियाले परिषद्का केहि गलत व्यक्तिहरुले परिषद्का विषयमा कु–प्रचार गरेको वताएका छन । ठमेल पर्यटन विकास परिषद् संघ–संस्था ऐन–२०३४ अनुसार स्थापित भएको संस्था भएकोले यो संस्था विधि विधान अनुसार चल्ने र केहि व्यक्तिहरुले आफ्नो पकेटवाट चलाउन नमिल्ने वताए ।
“म कुनै व्यक्तिको पुजारी हुन सकिन–अघिल्लो पटकको निर्वाचनमा पराजित भएको समुहले मेरो विरुद्धमा प्रतिशोध साँधेको हो”–अध्यक्ष थपलियाले भने । त्यसका साथै परिषद्का चार सय अड्चालिस जना सदस्यहरुको दुई तिहाई हस्ताक्षर ल्याएर आँफुलाई हटाएर देखाउन पनि चुनौति दिए । %e0%a4%a5%e0%a4%aa%e0%a4%b2%e0%a4%bf%e0%a4%af%e0%a4%be
आँफु ठमेलको विकासका लागी रातदिन लागिपरेको देखेर विरोधिहरु तर्सिएको उनको भनाई थियो । उपाध्यक्ष,महासचिव,कोषाध्यक्ष सहित बहुमत सदस्यहरु सहित पत्रकार सम्मेलन गरेका थपलिया निकै आक्रोषित ढंगले प्रस्तुत भएका थिए । ठमेलको विकास गर्न अग्रसर हुँदा गोलि खान पनि तयार रहेको र ठमेलको विकासका लागी सरकारी निकायसंग समन्वयमा काम भैरहेको उनले वताए ।
यस अगाडी असोज २ मा तोकिएको साधारणसभा परिषदकै बहुमत सदस्यहरुकै सहमतिमा स्थगित गरिएको थियो । यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराईसकिएको थपलियाले वताए ।
केहि तत्वहरुले तर्साएर परिषद्को नेतृत्व हत्याउन खोजेको भन्दै त्यो सम्भव नरहेको उनले वताए । थपलियाले आफ्नो कार्याकाल अझै छ महिना बाँकि रहेको र समयमै चुनाव गराउन आँफु तयार रहेको वताए । आफुले ठमेल बिकासको  लागि दिनरात नभनी अझै पनि काम गर्ने  पत्रकार सम्मेलनमा जानकारी गराए ।

%e0%a4%a0%e0%a4%ae%e0%a5%87%e0%a4%b2

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१