ओबामाद्वारा संविधान दिवसको शुभकामना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०७३, सोमबार ०७:०८

काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवस अवसरमा बधाई तथा शुभकामना प्रदान गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउँदै ओबामाले एक वर्षअघि भूकम्पमा ज्यान गुमाएका परिवारजनको दुःख अमेरिकी जनताले अझै अनुभूत गरिरहेको उल्लेख गरेका छन्।obama

आफ्ना घर र जीवनहरू पुनर्निर्माण गरेका नेपालीहरूको बलको संयुक्त राज्य अमेरिकाले सधैँ प्रशंसा गरिरहनेछ र यस प्रयत्‍नमा तपाईँहरूलाई सहयोग गर्नका लागि हामी आफूले सक्ने सबथोक गरिरहने नै छौँ
ुतपाईँको देशमा विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको छ र त्यस विपद्‌मा आफ्ना प्रियजन गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका छन्। त्यस शोकका बीच पनि नेपालको भविष्यका लागि ठूलो आशा रहेको छु, ओबामाको सन्देशमा उल्लेख छ। दुःखद घटनालाई उज्ज्वल भविष्यको कामनाको बीचमा आउन नदिने यात्रामा आफू सारा नेपालीको साथमा रहेको उनले उल्लेख गरेका छन्।

ुआफ्ना घर र जीवनहरू पुनर्निर्माण गरेका नेपालीहरूको बलको संयुक्त राज्य अमेरिकाले सधैँ प्रशंसा गरिरहनेछ र यस प्रयत्‍नमा तपाईँहरूलाई सहयोग गर्नका लागि हामी आफूले सक्ने सबथोक गरिरहने नै छौँु, उनले भनेका छन्। संविधान दिवसको विशेष अवसरमा ओबामाले सम्पूर्ण नेपालीलाई बधाइ ज्ञापन गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१