स्तनपान बारे भ्रम र वास्तविकता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७३, आईतवार १३:०२
केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइएपनि यो सत्य भने होइन । आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ ।%e0%a4%ac%e0%a4%bf%e0%a4%a8%e0%a5%8b%e0%a4%a6
नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएको छ । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुश हुन्छ । त्यसैगरी उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ ।
स्तनपानका फाइदाहरु
आमाको दूध पोषणका लागिमात्र नभएर यसले आमा र बच्चाहरूको स्वास्थ्यमा अत्यन्त सकारात्मक प्रभाव पार्दछ । शिशुलाई जन्मेको छ महिनासम्म स्तनपानमात्र गराउनु पर्दछ । आमाको दूध सुपाच्य हुन्छ र यसले शिशुको पेट गडबड हुने डर हुँदैन । आमाको दूध शिशुको नाक र घाँटीमा प्रतिरोधी तह बनेर बस्दछ । त्यसले रोग प्रतिरोधक क्षमता बढाउन पनि सहायता गर्दछ ।
स्तनपानले दम र कानको रोग शरिरमा लाग्नबाट जोगाउँछ । केही शिशुलाई गाईको दूधले एलर्जी हुनसक्ने संभावना रहन्छ तर आमाको दूध खानु शतप्रतिशत सुरक्षित छ ।
नियमित र निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुहरूलाई पछि अन्न खुवाउँदा पनि असुहाउँदो र अस्वाभाविक रुपमा मोटो हुँदैनन् । स्तनपान गर्ने शिशुहरुमा शुरूदेखि नै आवश्यकताभन्दा अधिक खाने बानी नपर्ने हुँदा उनीहरुमा अस्वाभाविक रुपमा मोटोपना नदेखिने बिभिन्न अध्ययनहरुले देखाएका छन् ।
निश्चित अवधिसम्म स्तनपान गर्ने शिशुहरूलाई जीवनका पछिल्लो चरणहरूमा पनि रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरुको खतरा तुलनात्मक रुपमा निकै कम हुन्छ । स्तनपानले शिशुको बौद्धिक क्षमता समेत बृद्धि हुन्छ ।
स्तनपान गराउने आमा र शिशुको बीच भावनात्मक सम्बन्ध धेरै बलियो हुन्छ । यसका अलावा आमाको दूधमा धेरै प्रकारका प्राकृतिक रसायनहरु पनि रहेका हुन्छन् जसले शिशुको शारिरीक तथा मानसिक बिकासमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
स्तनपानलाई प्रोत्साहन
विश्वका विभिन्न देशहरूले स्तनपानका लागि प्रोत्साहन गरेका हुन्छन् । विगत १९ वर्षदेखि स्तनपानलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट महिनाको पहिलो हप्तालाई स्तनपान सप्ताहको रूपमा घोषणा गरेको छ ।
चीनले भने स्तनपानलाई शिशुको महत्वपूर्ण अधिकारका रुपमा सुरक्षित गरेको छ र बट्टाको दूध शिशुलाई खुवाउन पूर्णरुपमा कानूनी प्रतिवन्ध लगाएको छ, जुन आफैमा प्रशंसनीय र अनुकणीय कदम हो ।
स्तनपानका लागि सहि स्थिति
स्तनपान बच्चाको लागि अनिवार्य आवश्यकता हो । तर स्तनपान गराउँदा बच्चालाई कसरी राख्ने भन्ने कुरामा विशेष ख्याल राख्नुपर्दछ । अन्यथा बच्चालाई आमाको दूध अमृत समान हुँदा हुँदै पनि नकारात्मक असर पर्दछ ।
जब स्तनपानका लागि सहि स्थितिको प्रश्न उठ्छ यसमा दुईवटा कुराहरु अत्यन्त महत्वपूर्ण हुन्छ । पहिलो कुरा बसाइ आफूलाई शारिरीक रुपमा आरामदायी र सहज हुनुपर्छ । दोश्रो कुरा बसाईको स्थिति सहज बनाउनुसँगै शिशुलाई आफ्नो स्तनसम्म सहजरुपमा पुर्‍याउन सक्ने गरी बस्नुपर्छ । तपाईंका लागि कुन चाहीँ स्थिति उपयुक्त छ भन्ने कुरा शिशुलाई दूध चुसाउन कुन किसिमको बसाई सहज हुन्छ भन्ने कुरामा निर्भर हुन्छ । तपाइले जुनसुकै स्थिति रोजेपनि दूध चुस्ने बेलामा शिशुले आफ्नो टाउको थोरै पछाडि तिर तान्न सक्ने कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ ।
बिनोद अधिकारी
 
मिडिया एण्ड पि आर म्यानेजर ग्राण्डि अन्तर्राष्ट्रिय अस्पताल ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१