कश्मीरमा विद्रोहीको आक्रमणबाट १७ सैनिक सहित ४ विद्रोही मारिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७३, आईतवार १२:४६

काठमाडौं । भारत प्रशासित कश्मीरमा आइतबार विहान विद्रोही समूहको आक्रमणबाट १७ सैनिकको मृत्यु भएको छ । घटनामा चार जना विद्रोहीहरु पनि मारिएका छन् ।kashmir

बारामुलाको उरी सेक्टरस्थित सैन्य इलाकामा आत्मघाती हमला बिहान साढे पाँच बजेतिर भएको थियो ।

कैयौं सैनिकहरु घाइते भएका छन् । सेना र विद्रोहीहरुबीच भुठभेड जारी रहेको समाचारमा उल्लेख छ ।

घटनामा घाइते भएकाहरुलाई हेलिकोप्टरमार्फत् अस्पताल पठाइएको छ ।

घटनापछि सेनाध्यक्ष जनरल दलबीर सिंह सुहागको टोली कश्मीर पठाइएको छ ।

कश्मीरमा पछिल्लो ७० दिनदेखि तनाव जारी छ । बकर इदको अवसरमा सबै दस जिल्लाहरुमा कर्फ्यू लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१