विस्फोटक पदार्थ पड्कँदा न्युयोर्कमा २९ जना घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०७३, आईतवार १०:५४

न्युयोर्क । अमेरिकाको न्युयोर्क शहरमा भएको विस्फोटमा कम्तिमा २९ जना घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार स्थानीय समयअनुसार शनिबार राती ९ बजे म्यानहाटनको चेल्सीमा विस्फोट भएको थियो ।
मेयर बिलले यस घटनामा कुनै आतंकवादी संगठनको संलग्नताबारे हालसम्म पत्ता नलागेको बताए । एफबिआइले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

बिबिसीका अनुसार उक्त विस्फोट एउटा डस्टबिनमा भएको थियो । ट्वीटरमा एउटा कुच्चिएको डस्टबिन सेयर भएको थियो जसलाई प्रहरी अधिकारीहरुले अनुसन्धान गरिरहेको बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१