नेपालको संविधानको स्वीकार्यता दिनानुदिन बढ्दै गएको छ : सांसद ढकाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७३, शनिबार १८:०२
eknathaथाईल्याण्ड । ब्यबस्थापिका संसद सदस्य एकनाथ ढकालले नेपालको संविधानको स्वीकार्यता दिनानुदिन बढ्दै गएको  बताउनु भयको छ  ।  उहाँले संबिधान निर्माताकै दोहोरो भूमिकाले कार्यन्वयनमा बाधा पुगेको तर्क गर्नु भयो। थाईल्याण्डको राजधानी बैंककमा  एशियाली सांसदहरुको गोस्टीमा बोल्दै ढकालले संबिधान निर्माणको नेतृत्व गर्नेहरुनै  अल्मलियको कारण संशोधन कि कार्यन्वयन भन्ने बहस भयपनी अबको बाटो संविधानको प्रभाबकारी कार्यन्वयननै हो भन्नु भयो । विभिन्न मित्र राष्ट्रका सहभागी सांसद हरुको जिज्ञासामा निबर्तमान मन्त्रि समेत रहेका ढकालले भन्नु भयो “नेपालका नागरिक अधिकार सम्पन्न भैसकेका छन् अब उनीहरुलाई आर्थिक उन्नति संग मात्र चासो छ ” । उहाँले तत्कालै संबिधान संशोधन हुने कुनै सम्भावना आफुंले नदेखेको बताउनु भयो । सांसद ढकालले अन्तरास्ट्रिय स्तरमा एक स्वतन्त्र र असंलग्न संसदीय संगठन निर्माण गरि औपचारिकतामा मात्र सिमित अन्तर- संसद संगठनहरुले गर्न नसकेका काम गर्न उपयुक्त हुने तर्क गर्नु भयो ।  सांसद ढकालले बिश्वब्यापी रुपमा समस्या खडा गरेको पर्यावरणीय असन्तुलन, आतंकबाद, अतिबाद, गरिबी तथा नैतिक ह्रास लगायतका डरलाग्दा समस्याहरुको सामना गर्न विश्वका सांसदहरु एक हुनु पर्ने धारणा राख्नु भयो । राष्ट्र निर्माण र शान्तिको लागि दुरदृस्टी र असल नेतृत्व बिषयक ३ दिने सम्मेलनमा थाईल्याण्ड, फिलिपिन्स, क्याम्बोडिया, म्यानमार, श्रीलंका, नेपाल लगायतका राष्ट्रका मन्त्रि, सांसद, गभर्नर, राष्ट्र सेवक, राजनैतिक नेता तथा नागरिक अगुवाहरुको सहभागिता रहेको छ । पूर्व मन्त्रि ढकालले क्याम्बोडियाका संस्कृति सहायक मन्त्रि सेङ्ग सोमोनी लगायत संग पनि भेटघाट गर्नु भयको नेपाल परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१