राजकुमारी शिताष्मा शाह खुशीको घरमा पुग्दा वालबालिकाहरुको खुशी यसरी चुलियो – फोटो फिचरसहित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७३, शनिबार ०९:५३

साधना बस्नेतको रिपोर्टमा 
शब्द तथा प्रस्तुति : भरतराज उप्रेती

सय सन्तानकी आमालाई भेट्न खुशी घरमा नै पुगिन पूर्व राजकुमारी शिताष्मा शाह

काठमाण्डौं, धापाखेल स्थित खुशिको घर नामक बाल आश्रममा पूर्व राजकुमारी शिताष्मा शाहाले अवलोकन गर्नु भएको छ । करिब एक घण्टा लामो अवोलकनको क्रममा पूर्व राजकुमारीले निकै बेर सस्थाबारे संस्थाकी संरक्षक पूजा संग आश्रमको आर्थिक अवस्था देखि बालबालिका, उनीहरुको अवस्था बारे जानकारी लिनु भयो । साथै उहाँले बालबालिकाको सहयोगका लागि सहयोग स्वरुप केही रकम संस्थाकी संरक्षक एक सय बालबालिकाकी आमा पूजा (महिमा पोखरेल) लाई हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा आश्रममका बालबालिकाले विभिन्न प्रतिभाहरु पूर्व राजकुमारी समक्ष देखाएका थिए । पूर्व राजकुमारीले बालबालिकाले देखाएका नृत्य, कराँते प्रर्दशनी, गीत निकै चाख लिएर हेर्नु भएको थियो ।

sitasmaa
मानिस सामाजिक प्राणी भएकोले समाजप्रति हाम्रा थुुप्रै जिम्मेवारी र दायित्वहरु छन् । घर परिवारमा हामीले पूरा गर्नुपर्ने कर्तव्य, जिम्मेवारी र दायित्व समाजका लागि पनि उत्तिकै रुपमा लागू हुन्छन् तर बढ्दो विलासीतापन र पश्चिमी संस्कृतिले हाम्रो धर्म संस्कृति, मान मर्यादा एवं संस्कारहरु ओझेल पर्दैछन् । हाम्रो व्यवहार र प्रवृत्तिले परिवार तथा समाजप्रतिको दृष्टिकोण फरक बन्दै गए पनि समाजमा उदाहरणीय काम र अभियानहरु सञ्चालन गरेर आफ्नो कर्तव्यबोध गर्नेहरु पनि यही समाजमा भेटिन्छन् ।
अनाथ, टुहुरा र असहाय वालबालिकाहरुलाई परिवारको जस्तै खुशी दिई शिक्षा स्वास्थ्यमा सबल वालबालिकाहरु सरह सक्षम बनाउने उद्देश्यले सञ्चालित खुशीको घरको बारेमा धेरैलाई थाहा नहुन सक्छ । महिमा (पूजा) पोखरेल एक साधारण महिला नेपालीका छोरी जो एक दशकदेखि खुशीको घर अभियान मार्फत दर्जनौ अनाथ असाहय र टुहुरा वालबालिकाहरुमा साँच्चिकै खुशी र सुखी बनाउन लागि परेकी छिन् ।

sss

सामाजिक घेरालाई तोड्दै वालबालिकाको मुहारमा खुशी छर्ने महिमा (पूजा) पोखरेलको यो सामाजिक काम एक उदाहरणीय बन्दै आइरहेको छ । बिभिन्न लाञ्छना र सामाजिक भ्रमलाई चिर्दै वालबालिकाको मुहारमा मात्र हैन जीवनमा हर प्रकारको खुशी छर्ने एक मात्र स्वार्थका साथ सामाजिक सेवामा होमिएकी पूजा पोखरेलको खुशी घर अभियानलाई पूर्व राजकुमारी शिताष्मा राज्य लक्ष्मी शाहको अवलोकन भ्रमण एवं सहयोग साथ यही मिति २०७३ भाद्र ३१ गते मिलेको छ । 
राज घरपरिवारमा हुर्कनु भएकी पूर्व राजकुमारी शितष्मा शाहलाई खुशी घरको बारेमा सुनेर थप जान्ने बुझ्ने र सहयोग गर्ने मनदेखिको भावनाले ह्याप्पी होम खुशीको घर धापाखेलसम्मको भ्रमण जुरायो । सोही अनुरुप उहाँ २०७३ भाद्र ३१ गते बिहान १० बजे खुशी घर धापाखेल पुग्नुभएको हो ।

2

welcome-sitasma

समाज सेवा गर्नका लागि कही कसैलाई छेकबार हुदैन भन्ने कुराको पुष्टि शिताष्मा शाहको खुशीे घर अवलोकन भ्रमणले प्रमाणित समेत गरिदिएको छ । उहाँको यो अवलोकन भ्रमण र सहयोग साथले खुशी घर अभियानलाई थप हौसला र प्रेरणा समेत मिलेको पूजा पोखेरलले बताइन् ।
आश्रममा भुकम्प पिडित, अनाथ, असाहय, सडक बालबालिका गरी एक सय जना रहेका छन् । भने एक जना बेवारिसे मानसिक हालत ठिक नभएका अधबैशे व्यक्तिको उद्दार गरी हाल आश्रममा नै बस्ने व्यवस्था मिलाइएको छ भने दुई अधबैशे मानसिक सन्तुलन गुमाएका महिलाहरुलाई सडकबाट उद्घार गरी एक जनालाई सुधार गृहमा र एक जना महिला सुधार भई आश्रममा बस्दै आएकी छिन् ।

man-1
पूजा जस्ता आमाहरुकै कारण आज सडकमा आफ्ना जिवन खेर फालिरहेका, शिक्षा दिक्षाबाट बञ्चित बालबालिकाले खुशिको घरमा आफ्नो उज्जवल भविष्य निर्माण गर्दैछन् । सय जना बालबालिकालाई माया, ममता, शिक्षा ,दिक्षा दिनु साधरण व्यक्तिको पहँच भन्दा निकै परको कुरा हो । पुजा जस्ता आमाहरुको यस्तो सामाजिक कार्यमा सबै सर्वसाधरण व्यक्तिले सानो सानो सहयोगको हात बढाएमा भोलिका दिनमा सडकमा रोइरहेका, फोहरमा खाइरहेका बालबालिका देख्नु पर्देन ।
हामी जो जहाँसुकै रहेर पनि वालबालिका र सामाजिक क्षेत्रमा सहयोग गर्न सक्छौ, यदि सेवा गर्ने भावना मनदेखि आयो भने पूजा बताउछिन् ।

home-hppy
” हामीले त पेटभरि खान, राम्ररी लाउन र राम्रो बास पाएका छौं तर समाजमा विविध कारणले वालबालिकाहरु अनाथ र वेसहारा हुन पुगेका छन् र उनीहरुको खुशी हराएको छ, त्यो हराएको खुशीलाई हर तरहले फर्काउने जिम्मेवारी हामीहरुको हो । त्यसका लागि हामी सबै अभियानमा होमिन नसके पनि सञ्चालनमा ल्याइएका अभियानका एक पात्र त अवश्य बन्न सकिन्छ । यसका लागि कुनै अवरोध र व्यवधान त हामीलाई छैन । त्यसैले पूजा पोखरेल जस्ता व्यक्तिहरुले सञ्चालनमा ल्याएका सामाजिक सेवामुलक कार्यमा हामीले पनि सक्दो सहयोग र साथ दिन जरुरी छ ।” 

फोटो फिचर :

sitasmaa aau welcome-sitasma welcome home-hppy visit dance happy-sitasma man man-1 khusi karate 2

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१