तेस्रो स्थानका लागि ब्राजिल-नेदरल्यान्ड्स भिड्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७१, शनिबार ०८:४७

काठमाडौं, २८ असार । विश्वकप फुटबल प्रतियोगिता सन् २०१४ को तेस्रो स्थानका लागि भोलि (आइतबार) बिहान ब्राजिल र नेदरल्यान्ड्स आमनेसामने हुने भएका छन् ।

ब्राजिलको ब्रासलियामा हुने सोे प्रतियोगिताको खेल बिहान १ बजेर ४५ मिनटमा सुरु हुनेछ ।pensसेमिफाइनलमा ब्राजिल जर्मनीसँग १–७ को फराकिलो गोलअन्तरले पराजित भएपछि तेस्रो स्थानको लागि भिड्न लागेको हो ।

हारसँगै ब्राजिल विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा नै यति फराकिलो गोलअन्तरले पराजित हुने पहिलो टिमसमेत बन्यो । पाँच पटकको विश्वकप विजेता ब्राजिल यसअघि सन् १९९८ मा भएको विश्वकपमा फ्रान्ससँग ०–३ गोलअन्तरले हार बेहोरेको थियो ।

त्यस्तै गत संस्करणको विश्वकपमा उपविजेता बनेको नेदरल्यान्ड्सको उपाधि जित्ने सपना यसपटक पनि चक्नाचुर हुन पुग्यो । सेमिफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग ट्राइब्रेकरमा २–४ गोलले पराजित भएको थियो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१