अचम्म १ आफ्ना नागरिकलाई धेरै भन्दा धेरै बच्चा जन्माउन उक्साउँदै सरकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७३, शुक्रबार ०५:४२

एजेन्सी । दक्षिण कोरिया सरकारले आफ्ना नागरिकलाई धेरै भन्दा धेरै बच्चा जन्माउन उक्साउन थालेको छ । त्यहाँका नागरिक आफैंले बच्चा पाउन खासै नचाहने भएपछि घट्दो जनसंख्या वृद्धीलाई सन्तुलनमा राख्न सरकारले विभिन्नखालका विभिन्न उपाय निकालेको छ ।

घट्दो जन्मदरका कारण भविष्यमा पर्नसक्ने समस्याका बारेमा कोरिया सरकार सजग रहँदै प्रजनन सम्बन्धी समस्याको उपचार लगायतमा अब दम्पत्तीहरुलाई आर्थिक सहयोग गर्ने भएको छ ।

सन् १९६० को दशकपछि दक्षिण कोरियामा जन्मदरमा तिव्र रुपमा घटेको छ । जन्मदर बढाउने कार्यक्रमका लागि सरकारले करोडौँ डलर खर्च गरेपनि जन्मदर भने बढ्न सकेको छैन ।

सरकारले प्रजनन सम्बन्धी उपचार गराइरहेका जागिरे मानिसहरुका लागि अब प्रत्येक महिना तीन दिनको बिदा समेत दिने निर्णय गरेको छ । यस्तै, बाबुका लागि र शिशु हेरचाहको सुविधा प्रदान गर्नमा समेत कोरिया सरकारले प्राथमिकता दिनेछ ।

कोरियामा कर्मचारीहरुलाई निकै धेरै घण्टा काम गराइने हुँदा उनीलाई सन्तान उत्पादन कार्यमा ढुक्कसँग लाग्ने मौका नपाउने र बच्चा जन्मिइसकेपछि त्यसलाई हेरचाह र पालनपोषणको लागि असहज हुने भन्दै त्यहाँका नागरिक बच्चा जन्माउन अग्रसर नहुने गरेको बताईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१