काठमाडौं । नेपालका आकर्षक र टूला जलविद्युत अयोजना वर्षौसम्म ओगट्दै आएको भारतलाई पुनः अर्को त्यस्तै आकर्षक र रणनीतिक महत्व भएको आयोजना सुम्पने तयारी भएको छ ।
ब्चगल(त्जष्चमकुनै विवादित र गोप्य सन्धिसम्झौता नगर्ने भनी सार्वजनिक प्रतिवद्धता व्यक्त गर्दै आएका प्रधानमन्त्री प्रचण्ड नै भारतलाई एउटा आयोजना दिन सम्बद्ध निकायलाई निर्देशन दिएका आजको अन्नपूर्णमा समाचार छ ।
सरकारले बास्केटमा राखी आफै अध्ययन गरिरहेको संखुवासभामा पर्ने तल्लो अरुण ९४०० मेगावाट० जलविद्युत आयोजना भारतलाई दिन प्रधानमन्त्रीबाट निर्देशन आएपछि परराष्ट्रले उर्जा मन्त्रालयसस्ँग उक्त आयोजनाको विस्तृत विवरण माग गरेको छ ।
परराष्ट्र सचिव शंकरदास बैरागीले उर्जाका पदाधिकारीसँग ‘प्रधानमन्त्रीज्यूले जसरी भए पनि दिनैपर्यो ‘ भन्दै तल्लो अरुणको विवरण माग नर्ग उर्जासचिव अनुपकुमार उपाध्यायलाई मौखिक आग्रह गरेका थिए ।
मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्र मार्पmत ‘एउटा आयोजना चाहियो भनेपछि’ ऊर्जाले तामाकोसी पाँचौं ९८७ मेगावाट० को विवरण दिने तयारी गरेको थियो ।
विद्युत् प्राधिकरणले विस्तृत अध्ययन गरिसकेको तामाकोसी पाँचौंको क्षमता वृद्धि गर्दा एक सय ५० मेगावाटसम्म हुने र थप अध्ययन गरिरहनु नपर्ने भन्दै उक्त आयोजनाको विवरण दिने तयारी गरेको थियो । ‘उता ९परराष्ट्र० बाट आयोजनै तोकेर आयो,’ मन्त्रालय स्रोतले भन्यो, ‘हामीले त्यसको विवरण र हालको अवस्था लेखेर पठायौं ।’
ऊर्जाले परराष्ट्रलाई लेखेको पत्रअनुसार तल्लो अरुण ब्राजिलियन कम्पनी ब्रास पावरले आधी अध्ययन गरेर अधकल्चो छाडेकाले विद्युत् विकास विभाग आफैले अध्ययन गराइरहेको छ । अरुण उपत्यकाका सबै आयोजना प्रतिस्पर्धा गरेर मात्र दिने सरकारी नीति रहेको उल्लेख गर्दै पत्रमा उक्त आयोजना सरकारी बास्केटमा रहेको उल्लेख छ ।
प्रतिक्रिया