नेपाली जनसम्पर्क समिति हंगकंगका पूर्व सह-सचिव जगत शाहले समितिको सभापतिमा दिए उमेदवारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७३, मंगलवार १८:३९

chainaकर्ण बहादुर अधिकारी/ मकाउ,चीन। नेपाली जनसम्पर्क समिति हंगकंगको आसन्न ९औं अधिवेशनमा नेपाली जनसम्पर्क हंगकंगसंग आबद्ध कांग्रेसी बीच निकै नै चहल पहल बढि रहेको छ। अब नेपाली जनसम्पर्क समिति हंगकंगको नेतृत्व कसको मातहातमा जाला भनेर सबैले आआफ्नो तवरबाट बिचार बिश्लेषण गरी रहेका छन।समितिको नेतृत्व असल व्यक्तिको काधमा जाओस भनेर सबैले आशा पनि गरी रहेका छन। यसै माहौलको सेरोफेरोमा नेपाली कांग्रेसको बिदेश स्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति हंगकंगसंग आबद्ध भई बिगतका दिनहरू देखि नै राजनितिमा छुट्टै किसिमको पहिचान बनाउन सफल अछाम जिल्लामा जन्मिनु भएका कांग्रेसका यूवा नेता जगत शाहले नेपाली जनसम्पर्क समिति हंगकंगको सभापति पदका लागि आफ्नो उमेदवारी दिनु भएको छ। नेपाली कांग्रेस पार्टीको चार तारे झण्डा र बीपी कोईरालाले प्रतिपादन गर्नु भएको राष्ट्रियता ,प्रजातन्त्र र समाजबादको लक्ष्मण रेखा भित्र अनुबन्धित भई आफ्नो जीवनको कलिलो उमेर १५/१६ बर्ष देखि नै नेपालको राजनितिको परिधिमा बाधिएर छुट्टै पहिचान वनाउने सोच लिएर बिद्यार्थी जीवनको काल खण्डमा ने.बि. संघबाट नेपालको राजनितिमा होमिनु भएका शाह बिद्यालय पढ्दा देखि नै राजनिति प्रति लगाब राख्दै अछाम जिल्लाको त्रिपुरा सुन्दरी माध्यमिक बिद्यालय देखि नै नेपाल बिद्यार्थी संघको नेतृत्व गरेर कैलाली बहुमुखी क्याम्पसको स्ववियू उपाध्यक्ष हुँदै सभापति समेत बन्नु भएको थियो।बाध्यताले भनौ वा बिबश्ताले भनौ केहि बर्ष पहिले नेपाल छाडी हंगकंगमा हुनु हुन्छ।बिदेशी भूमिमा रहेर पनि नेपाली कांग्रेस प्रतिको आस्थालाई सजिवता दिलाउन र हंगकंगमा रहेका नेपालीहरूलाई कांग्रेस प्रति आस्ता जागृत गराउनका लागि नेपाली जनसम्पर्क समिति हंगकंग संग आबद्ध भई सह सचिवको एक कार्यकाल र समितिको प्रबक्तामा १ कार्यकाल रहेर काम गर्नु भएको थियो। ठकुरी समाज हंगकंगका पूर्व सभापति हालका ठकुरी समाज हंगकंगका सल्लाकार जगत शाहले नेपाली जनसम्पर्क समिति हंगकंगद्वारा आयोजित १०२ औं बिपी जन्म जयन्तिमा प्रजान्त्रिक अभ्यासको निम्ति अब आउने नेपाली जनसम्पर्क समिति हंगकंगको ९औं अधिवेशनमा आफ्नो उम्मेदवारी घोषाणा गर्नु भएको छ।उहाँले प्रजान्त्रिक प्रक्रियामा आफ्नो हार जित सबैले स्विकार्नु पर्छ आफु हारे पनि जिते पनि सहज रुपमा स्वीकार गर्ने जानकारी दिनु भयो। याउ मा तेइ कम्युनिटी हलमा बिपी चिन्तन प्रतिष्ठान हंगकंगद्वारा आयोजित १०२ औं बिपी जयन्ति जलपान कविता तथा विचार गोष्ठी कार्यक्रममा शाहले आफ्नो मन्तब्यको क्रममा हाल हंगकंगमा कांग्रेसी साथीहरु बीच केहि चिसो पना आएको र त्यहि चिसो पना र आपसी मनमुटाब मेटाउनुका साथै सबै कांग्रेसीलाई एक ढिक्का बनाएर अगाडी बढाउने वातावरण सृजना गर्नको निम्ति पनि आफ्नो उमेदवारी घोषणा गरेको र सबै साथीहरूलाई अधिवेशनको निमित्त राम्रो वातारण सृजित गर्न पनि आग्रह गर्नु भएको थियो। नेपाली जनसम्पर्क समिति हंगकंग प्रति अनवरत रूपमा लागि परी रहेका शाह नेपाली कांग्रेस पार्टी प्रति पनि त्यतिकै तन मन र बचनले सक्रिय रूपमा उदाहरणीय कामहरू गर्दै आई रहनु भएको छ।नेपाली जनसम्पर्क समिति हंगकंगको १४औं अधिवेशनको पूर्व सन्ध्यामा शाहसंग जिज्ञासा राख्दा अब आउँदा दिनहरूमा समितिलाई अहिले स्थितिमा भन्दा पनि उच्चतम तवरबाट सबै तह र तप्काका साथीहरूसंग समन्वय गरी अगाडी बढ्नका लागि नै उमेदवारी दिएको हुँ भन्नु हुन्छ।समितिमा सभापतिको जिम्मेवारी पाएको खण्डमा नेपाली जनसम्पर्क समिति हंगकंगको मेरूदण्ड नै भई बिदेशीएका कांग्रेसीहरूको हक हितका लागि अहोरात्र खटिएर काम गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो। नेपाली जनसम्पर्क समिति हंगकंगको आसन्न ९औं अधिवेशनमा सभापति पदमा उमेदवारी दिएको हुँदा आफूलाई अमुल्य मत दिई विजय गराई दिनु हुनका लागि नेपाली कांग्रेसका भातृसंगठन नेपाली जनसम्पर्क समिति हंगकंगसंग आबद्ध रहि कृयाशील सदस्यता लिनु भएका सम्पूर्ण सदस्यहरूलाई हार्दिक अपिल गर्नु भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१