‘चिनाजाना’ बोलको पप गीतको म्युजिक भिडियो बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७३, मंगलवार १३:२०
काठमाडौँ, २०५७ साल देखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका गायक हुन् वसन्त श्रेष्ठ l आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिएका गायक श्रेष्ठले हालसम्म तीन वटा एल्बम ल्याएका छन् l उनले पहिलो कलेक्सन एल्बम ‘म्युजिक डाईरी’ २०६२ मा ल्याएका थिए l  त्यस्तै उनले आफ्नो दोश्रो एल्बम ‘म्युजिक डाईरी भोलम २’ बाट ‘तिमी गई दियौ मलाई छोडेर’ बोलको गीतको म्युजिक भिडियो र तेश्रो एल्बम ‘निरब’ बाट ‘जब तिमी साथ छौ’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याइसकेका छन् l  तेश्रो एल्बमको ‘जब तिमी साथ छौ’ बोलको गीतको म्युजिक भिडियोलाई इजराइलमा छायांकन गरिएको थियो l
उनै श्रेष्ठले अहिले आफ्नो दोश्रो एल्बम ‘म्युजिक डाईरी भोलम २’ बाट ‘चिनाजाना’ बोलको पप गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् l  दिलिप समनको शब्द र संगीत रहेको यस गीतमा गायक वसन्त श्रेष्ठको आवाज रहेको छ l यस म्युजिक भिडियोलाई पूर्वका रमणीयस्थलहरुमा छायांकन गरिएको छ l
उक्त म्युजिक भिडियोलाई अहिलेका व्यस्त भिडियो निर्देशक दिलिप समनले निर्देशन गरेका छनभने बादल र जुनु फिचरिंग छन् l भिडियोलाई ओम प्रसाईले छायांकन तथा सम्पादन गरेका छन् l यस म्युजिक भिडियोलाई म्युजिक हाईलाईटले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ l
भिडियो हेर्नुहोस्:
https://www.youtube.com/watch?v=hQIKNNcIrGo

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१