यि योगासन गर्नुहोस्, स्वस्थ जिवन बाँच्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७३, मंगलवार ०७:२१

एजेन्सी ।  खाने तरिका गलत, उठबसमा गडबडी, शारीरिक व्यायामको कमी, कतिपय औषधिको सेवन, अधिक धुम्रपानजस्ता कारण ‘अस्टियोपोरोसिस’ अर्थात् हड्डी कमजोर हुने गर्छ । हड्डी दुखेर हैरान भएका धेरै व्यक्ति हुन्छन् । हड्डी बलियो बनाउन योग एउटा उत्तम उपाय हो । न्युयोर्कमा केही व्यक्तिलाई हरेक दिन १० मिनेटसम्म केही योगासन गर्न लगाएर दुई वर्षसम्म गरेको अध्ययनको नतिजा कोलम्बिया युनिभर्सिटीले सार्वजनिक गरेको छ । अध्ययनले हड्डी बलियो हुने ५ योगासनबारे जानकारी दिएको छ :

Women practicing yoga in a class

वृक्षासन
रूखजस्तै सीधा भएर गर्ने योग वृक्षासन योग हो । यो आसन गर्दा मेरुदण्ड र कम्मर बलियो रहन मद्दत पुग्छ । जोर्नी सुन्निएर दुख्ने समस्याबाट पनि राहत मिल्छ । कुम पनि बलियो बनाउँछ । शरीरलाई सन्तुलनमा राख्छ ।
भुजंगासन
सूर्य नमस्कार आसनमा गरिने योगलाई भुजंगासन योग भनिन्छ । यो योगले पछाडिको तल्लो भागलाई सबैभन्दा बढी फाइदा गर्छ । हातको नाडी र औँलाका जोर्नी दुख्ने समस्या भएकालाई भुजंगासन योग उपयोगी हुन्छ ।
उत्कटासन
कुर्सीजस्तो आसनमा बसेर गर्ने योगलाई उत्कटासन भनिन्छ । यो योगले शरीरको मांसपेशीमा दबाब सिर्जना गर्छ । सहने शक्ति बढाएर मांसपेशी कसिलो बनाउँछ । कुम र छातीको हड्डी बलियो बनाउँछ ।
अधोमुख शवासन
यो आसन गर्दा गोडा, कम्मर, मेरुदण्डमा दबाब पर्छ र यहाँका हड्डीलाई बलियो बनाउँछ । जोर्नी दुख्ने समस्याले ग्रसित भएकाले यो योगासनको सहारा लिनु सबैभन्दा राम्रो हुन्छ । शरीरको माथिल्लो भाग पनि यो आसनले बलियो बनाउँछ । नयाँ पत्रिकाले छापेको छ ।
सेतुबन्धासन
यो योगासनले शरीरको मांसपेशी र अंगहरू तन्काउँछ । नयाँ कोषिकाको विकास सही तरिकाले हुन्छ । शरीरका हड्डी बलियो पार्छ । बडी बिल्डिङ गर्ने व्यक्तिका लागि यो आसन उत्तम हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१