३ मिनेटको गीतमा २५ किस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७३, मंगलवार ०७:१४

एजेन्सी । फिल्म ‘रब ने बना दी जोडी’को आठ वर्षपछि आदित्य चोपडाले एकपटक फेरि आफ्नो चौथो फिल्म लिएर आएका छन् । उनको चौथो फिल्म रिलिजअगाडि नै व्यापक चर्चामा छ ।
फिल्म हो– बेफिक्रे । केहीअघि यो फिल्मको सुटिङ चलिरहँदा आदित्यले पेरिसबाटै पोस्टर सार्वजनिक गरेका थिए । पोस्टर सार्वजनिक भएपछि बलिउडको ‘टक’ भएको यो फिल्ममा रणवीर सिंह र वाणी कपुरका ‘इन्टिमेट सिन’ चर्चामा छन् । नयाँ पत्रिकाले छापेको छ ।kiss

अहिलेसम्म बाहिर आएका फिल्मका सबै पोस्टरको एउटै समनता हो– रणवीर र वाणीको किस सिन । अब यो फिल्मको पोस्टरमा मात्रै सीमित छैन ।

फिल्मको गीत ‘लम्बोका कारोबार’ रिलिज भएको छ । ३ मिनेटको यो गीतमा पनि यी दुईले २५ पटक किस गरेको सिन राखिएको छ । यो गीत अहिले सामाजिक सञ्जालमा व्यापक चर्चामा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१