धमाकेदार सांगीतिक प्रस्तुति दिन नेपाल आउँदै गायिका खोलगडे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७३, मंगलवार ०६:५६

shalmali1काठमाडौ । काठमाडौँमा सांगीतिक प्रस्तुति दिन बलिउडकी चर्चित गायिका सालमली खोलगडेले नेपाल आउने भएकी छिन् ।
काठमाडौँमा कात्तिक २७ गते हुने ‘बलिउड लाइभ कन्सर्ट’ मा धमाकेदार प्रस्तुती दिन गायिका सालमली नेपाल आउन लागेकी हुन् ।

गुड ह्युमन अर्गनाइजेसन्सको आयोजनामा जावलाखेल खेलमैदानमा हुने कार्यक्रममा नेपाली संगीतकर्मी रविन एन्ड द न्यु रभोलुसन्स, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, अल्मोडा राना उप्रेती र सोमिया बराइलीले पनि सांगीतिक प्रस्तुति दिने आयोजकले बताउको छ ।

कार्यक्रमबाट संकलन भएको रकमको १५ प्रतिशत भूकम्पपीडितको लागि सहयोग गरिने आयोजकको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१