१ सय ८० केजीको खसी, मूल्य नै ८ लाख रुपैयाँ !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०७३, सोमबार १८:०१

khasiभारतको उत्तर प्रदेशस्थित मेरठको एउटा गाउँ आजभोलि निकै चर्चामा छ। सबैलाई लाग्दो होला, त्यो गाउँ चर्चामा आउनुको कारण स्थानीय कुनै व्यक्तिले गजबकै काम गरेको होला।

त्यस्तो सोचमा हुनुहुन्छ भने, गलत हुनेछ। किनभने त्यो गाउँ मान्छेको कारणले होइन, एउटा खसीको कारणले चर्चामा छ। मेरठको तालाचाबी बनाउने फ्याक्ट्री रहेको रहमतपुरा एरियामा रसिद नाम गरेका एक व्यक्तिसँग राजस्थानी तोतापरी नस्लको एउटा खसी छ। जसको तौल नै १ सय ८० केजी छ।

यो खसीलाई हेर्न अहिले त्यो क्षेत्रमा ठूलो भीड लाग्ने गरेको छ। लामा, ठूला कान र निकै चिल्लो देखिने खसी जतिसुकै वजनदार भएपनि फुर्तिलो मानिन्छ। रसिदका अनुसार उनको खसी तीनतल्ला माथि मज्जाले चढ्न र उत्रिन सक्छ।

यो खसी किन्न रसिदको घरमा आउने मान्छेको कमी पनि छैन। खसी खरिदका लागि ४ लाख ८० हजार रुपैयाँ सम्मको प्रस्ताव आइसकेको रसिद बताउँछन्। तर, उनी यसलाई ८ लाख रुपैयाँमा बेच्न चाहन्छन्।

रसिदले यो खसी डेढ वर्षअघि राजस्थानबाट ४४ हजार ८ सय रुपैयाँमा खरिद गरेका थिए। त्यतिबेला उनको खसीको तौल ५०–५५ केजी थियो। रसिद भन्छन्–‘मैले यो खसीलाई निकै राम्रोसँग पालेको छु। यसको दैनिक खर्च नै ८ सय रुपैयाँ छ।’

रसिदका अनुसार खसीलाई दैनिक डेढदेखि २ किलोसम्म चना खुवाउँछन्। यसबाहेक पात र साढे दुई किलो दूध, अम्बा र स्याउ लगायतका खानेकुरा पनि खुवाउँछन्। बजारमा खसी बोकेर हिँड्दा उनलाई नहेर्ने मान्छे नै हुँदैनन्। खसीको बढ्दो लोकप्रियतापछि खरिददारहरू अन्य राज्यबाट पनि आउन थालेको रसिदको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१