मिस टुरिजम–२०१६ को उपाधी ओरुसालाई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७३, आईतवार १३:३४

काठमाडौँ । प्वाईन्ट मिडिया प्रा.लि.ले आयोजना गरेको “मिस टुरिजम–२०१६” को उपाधी ओरुसा थापा मगरले जितेकी छन । त्यसैगरी मिस टुरिजम–२०१६ फस्ट रनर अपमा जेनी अमात्य र मिस टुरिजम–२०१६ सेकेण्ड रनर अपमा शर्मिला तामाङ विजयी भईन । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले उत्कृष्ठ पाँच प्रतियोगीहरुलाई सोध्नुभएको प्रश्नको जवाफका आधारमा उत्कृष्ठ तीनको छनोट गरिएको थियो । 1-1


मिस टुरिजम–२०१६ मा मिस डिसिप्लिन शर्मिला तामाङ, मिस ईन्टेलिजेन्ट सुमिला श्रेष्ठ, मिस पब्लिक च्वाईस हिरामाया श्रेष्ठ, मिस स्माईल खुश्वु चौधरी, मिस ट्यालेन्ट विपना प्रजापति,मिस फिगर ईशा छन्त्याल,मिस पर्सनालिटि ओरुसा थापा मगर,मिस फोटोजेनिक सुरुचि पन्त, मिस फ्रेण्डसिप मनिसा गिरी,मिस वाक जेनी अमात्यले उपाधी जितिन । 4
मिस टुरिजम–२०१६ को उपाधी जितेकाहरुलाई सहरी विकास मन्त्री अर्जुनरसिंह के.सी.,नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटा,नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्व अध्यक्ष अर्जुन शर्मा,अर्थबाउण्ड एक्सपीडिसन प्रा.लि.का निर्देशक केदार गजुरेल तथा प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्ले क्राउन तथा नगद प्रदान गरे । मिस टुरिजम–२०१६ का विजेताहरुलाई क्रमशः नगद पचास हजार, तीस हजार, बीस हजार पनि प्रदान गरियो ।2-1
गोदावरिको होटल भ्यु भृकुटीमा आयोजित फाईनलमा सहरी विकास मन्त्री अर्जुनरसिंह केसी, नेकपा एमालेका पर्यटन विभाग प्रमुख सुर्य थापा, वरिष्ठ पर्यटन व्यवसायिहरु लगायतको उपस्थिति थियो । कार्यक्रममा सिने गुरुङ लगायतका कलाकारहरुको पनि विशेष प्रस्तुतीहरु रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१