नेपालमा इन्टरनेट महँगो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७३, आईतवार ०७:३९

काठमाडौं। नेपालमा आधा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । यी कम्पनीबीच कसले सस्तो शुल्कमा उत्कृष्ट सेवा प्रदान गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ । तर, पनि नेपालमा इन्टरनेट सेवा महँगो छ ।internet

अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालको इन्टरनेट सेवा शुल्क निकै महँगो रहेको छ । शुल्क महँगो भएपनि त्यण्सअनुसारको सेवा उपलव्ध छैन । तोकिएबमोजिम इन्टरनेट सेवा प्रयोगकर्ताले प्रयोग गर्न पाएका छैनन् ।

नेपालमा इन्टरनेटको अन्तर्राष्ट्रिय गेट वे एउटै मात्र हुन नै इन्टरनेट शुल्क महँगो हुनेका प्रमुख कारण हो ।

एउटै मात्र अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे हुँदा एकाधिकार बजार सिर्जना भएको हो । नेपालमा अहिले भारतको बाटो भएर मात्र इन्टरनेट ल्याउने गरिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१