मर्मत गर्दा काम दिने १ सय १२ थारिका उपकरण तथा सामान न्यून मूल्यमा लिलाम विक्री गरिएको हो ।
जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० प्रकारका उपकरण गत फगुनमै २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको आजको अन्नपूर्णमा समाचार छ ।
अस्पताल विकास समितिलाई जानकारी नै नगराई करोडौंका उपकरणलाई कौडीको भाउमा बिक्री गरिेको भन्दै जिल्लामा बिरोध सुरु भएको छ ।
जिल्ला अस्पतालले कवाडी भनेर लिलाम गरेका उपकरणहरु मर्मत गरेर सामुदायिक अस्पतालमा उपयोगमा ल्याउने तयारी गरिएपछि मात्र स्थानीयले सामान लिलाम गरेको थाहा पाएका हुन् ।
सस्तो मूल्यमा जिल्ला अस्पतालका उपकरण सामुदायिक अस्पतालमा पुर्याइएपछि मिलेमतोको आशंका गरिएको छ ।
प्रतिक्रिया