गणेश विष्ट
भोजपुर असार २७ । ६ महिना देखी सिकिस्त बिरामी भएका भोजपुर नगरपालीका ५ का १८ बर्षिय प्रविण भुजेलको स्थानिय बासिले आर्थिक सहयोग संकलन गरी भुजेलको ज्यान बचाएका छन् । जन्डिसको कारण सिकस्त बिरामी भएका कक्षा ९ मा अध्यानरत १८ बर्षको प्रबिण भुजेललाई जिल्ला अस्पातालमा उपचार हुन नसक्ने भएपछी जिल्ला अस्पतालले बहिर रिफर गरेको थियो । बिरामी भएको ६ महिना भईसकेपनी गरिवीको कारण उपचार हुन नसकेका भुजेलको उपचारकोलागी स्थानीय बासीले आर्थिक सहयोग संकलन गरेका थिए ।अर्थिक अवस्था कमोजर भएका भुजेलको परिवारले जिल्ला बहिर उपचारको लागीे बढि खर्च लाग्ने भएपछी प्रविणको ज्यान नसक्ने भएपछी उनको ज्यान बचाउनको लागी गाउलेले अर्थिक सहयोग संकलन गरेका थिए । ६ महिना अगाडि देखी थलिएर बसेका प्रविणलाई ८४ घरबाट १५ हजार ९ सय ३० रुपयाँ अर्थिक सहयोग संकलन गरेर सहयोग गरेका थिए । भुजेलको धरान स्थीत बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्थनमा उपचार भएको छ । प्रबिणको स्वास्थ्यमा सुधार आईसकेको प्रविणको बुवा लालबहादुरले जनकारी दिए ।
प्रतिक्रिया