पहिलो ब्वायफ्रेन्डलाई भेटेर ‘फ्लाइङ किस’ दिइन् दीपिकाले

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ भाद्र २०७३, बिहीबार ११:४६

%e0%a4%a6%e0%a5%80%e0%a4%aa%e0%a4%bf%e0%a4%95%e0%a4%beएजेन्सी । सेलेब्रिटीको जीवनसँग जोडिएका विभिन्न रहस्य सधैँ रहस्य रहँदैनन् । चाहे ती विषय र प्रसंग व्यक्तिगत जीवनका हुन् या व्यावसायिक । झन् उनीहरूको व्यक्तिगत जीवन त मुस्किलले नै व्यक्तिगत हुन्छ ।

बलिउड अभिनेत्री दीपिका पादुकोणको जीवनमा पनि यस्तै भएको छ । मिडियाले फलो गरिरहेको समयमा नै उनको पहिलो ब्वायफ्रेन्ड निहार पाण्डेसँग भेट भएको छ ।

भारतीय मिडियाको रिपोर्टअनुसार दीपिका र निहारको एउटा कार्यक्रममा भेट भएको हो । नयाँ पत्रिकाले छापेको छ ।

उनीहरू त्यहाँ केही समय कुराकानी पनि गरे । कुराकानी गरेर छुट्टिने समयमा उनीहरूले एक–अर्कालाई ‘फ्लाइङ किस’ दिएको पनि अहिले चर्चामा छ । यी दुईको भेट दीपिकाले मोडलिङ करिअर सुरु गरेको एक्टिङ स्कुलमा भएको बताइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१