स्काइपले ल्यायो सबैलाई आश्चर्यमा पार्ने फिचर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ असार २०७१, शुक्रबार १४:५३

काठमाण्डौ, २७ असार । विज्ञान प्रविधिमा भएको विकासले मानविय जीवनमा धेरै परिवर्तन ल्याएको छ । कुरानी गर्न धेरै सफ्टवेयरहरु बजारमा आएका छन् तर स्काइपमा तपाईंको कम्प्युटर वा स्मार्टफोनमा इन्टरनेट कनेक्सन छ भने संसारका जुनसुकै ठाउँमा रहेका आफ्ना साथीसँग एकअर्काको अनुहार हेर्दै इन्टरनेट र विद्युत्बाहेक निशुल्क कुराकानी गर्न कसैले छेक्दैन। तपाईं जुनसुकै देशका मानिससँग कुराकानी गर्न सक्नुहुन्छ। Skype-Rainbow   नौला मानिससँग कुरा गर्दा भने भाषाको समस्या हुन सक्छ। तर, अब यो पनि ठूलो कुरा रहेन। माइक्रोसफ्टले यो समस्या पनि समाधान गरिदिएको छ। स्काइप प्रयोगकर्ताले अब ुस्काइप स्पिच ट्रान्सलेटरु नामको सुविधाबाट भाषा नमिल्ने साथीहरूले बोलेको कुरा आफूले बुझ्ने भाषामा अनुवाद गरेर सुन्न सक्छन्।   बेलायत र फ्रान्समा रहेका दुई व्यक्तिबीच कुराकानी गर्नु पस्यो भने अंग्रेजी नबुझ्ने फ्रान्सका नागरिकले अंग्रेजी भाषालाई फ्रेन्चमा अनुवाद गरेर सुन्न सक्छन्। यस्तै बेलायतका व्यक्तिले फ्रेन्च भाषालाई अंग्रेजीमा अनुवाद गरेर सुन्न सक्न्न। हालै स्काइपका कर्पोरेट उपाध्यक्ष गुरदीप पालले माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाको उपस्थितिमा क्यालिफोर्नियामा यो प्रविधि प्रदर्शन गरे। त्यहाँबाट उनले लन्डनमा रहकी एक जर्मनभाषी व्यक्तिसँग कुरा गरेर यो प्रविधिप्रति विश्वस्त गराएका थिए। युरोपका विभिन्न भाषामा यो सुविधा उपलब्ध भए पनि नेपाली भाषामा भने अहिले यो सेवा उपलब्ध छैन। स्रोत अन्नपुर्ण पोष्ट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१