संसारमै नपाइने नेपालका यी सम्पत्तिहरु (फोटोफिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७३, बुधबार १६:०९

फेवा तालमा डुंगा

fewa lakeपोखराको फेवा तालमा डुंगा चढेर वरिपरिको सुन्दरताको दृश्यावलोकन गर्दा थाहा हुन्छ, नेपाल किन पर्यटकको गन्तव्य स्थल हो भनेर । फेवा तालको डुंगाबत्राट वरिपरिको दृश्यको मजा साँच्चै नै स्वर्गी हुन्छ । यो अवसर कमैले गुमाउन चाहन्छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा हात्ती सफारी
safariविश्व सम्पदा सूचीमा सूचीकृत नेपालको पर्सा जिल्लाको चितवन राष्ट्रिय निकुञ्जको प्रमुख विशेषता हो हात्ती सफारी । नेपालमा पाइने विभिन्न प्रजातीका पशुपक्षीहरुमध्ये अधिकतम प्रजातीहरु रहेको यस राष्ट्रिय निकुञ्जमा हात्ती चढ्नकै लागि विभिन्न टुरहरुको आयोजना गर्ने गरिएको छ ।

सिद्ध गुफा 
siddha cave४३७ मिटर गहिरो सिद्ध गुफा नेपालको सबैभन्दा ठूलो गुफा हो । यस भित्र विभिन्न अनौठा प्रकृतिका र संसारिक किसिमका चट्टानहरु रहेको बताइन्छ ।

सर्वाच्च शिखर सगरमाथा 
mt everestसंसारकै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्नु संसारभरकै मानिसको रहर हुन्छ । एभरेष्ट बेस क्याम्पसम्मको ट्रेकिङका लागि हरेक वर्ष देश विदेशबाट मानिसहरु जाने गर्दछन् । संसारकै अग्लो स्थानबाट विश्वको अवलोकनबाट एकदमै स्वर्गीय आनन्द प्राप्त हुने कुरामा दुईमत छैन ।

पोखरामा प्याराग्लाइडिङ
paraglidingनेपालमा चर्चित अर्को कुरा भनेको पोखराको प्याराग्लाइडिङ हो । हावामा घुम्दै प्राकृतिक मनोरम दृश्यावलोकन गर्नु सायदै कसैले इन्कार गर्न सक्ला ।

काठमाडौँको ठमेलमा रात्रीकालीन पार्टी
thamelकाठमाडौँको ठमेलमा पार्टी गर्नुमा पनि छुट्टै मजा छ । विशेषतः रात्रीकाली मनोरञ्जनका लागि चर्चित ठमेल नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो ।

पोखराको सुन्दरताको फोटोग्राफी
MINOLTA DIGITAL CAMERAनेपालकै सबैभन्दा सुन्दर स्थल मानिन्छ पश्चिमी क्षेत्रमा अवस्थित पोखरा । नेपालको कास्की जिल्लामा रहेको पोखरा प्राकृतिक हिसाबले धनी छ । यहाँबाट देखिने हिमशृंखला एवम् स्वच्छ एवम् शान्त तालहरुक तथा यहाँको रहनसहन र परम्परालाई क्यामेरामा कैद गरेर अविष्मरणीय क्षणको निर्माण गर्न सकिन्छ ।

लुम्बिनीमा तीर्थयात्रा
lumbiniसंसारभरकै बौद्ध धर्मावलम्बीहरुको प्रमुख धार्मिक गन्तव्य गौतम बुद्धको जन्मस्थल लुम्बिनीको शान्तिले सबैको मन लोभ्याउँछ ।

मस्र्यांदी नदीमा र्याफ्टिङ
raftingमस्र्यांदी नदीमा र्याफ्टीङ गर्नु मजा पनि छुट्टै छ ।

नाम्चे बजार
namche bazaarसगरमाथाको द्धार भनेर चिनिने नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको बजार नाम्चे बजारमा गएर घुमफिर गर्नुको आनन्द कमल्पनिय छ । साथै, शेर्पा जातीको बाहुल्यता रहेको त्यहाँको पृथक संस्कृति, खानपान तथा रहनसहनले पर्यटकलाई लोभ्याउने गरेको छ ।

कलात्मक सामग्री
handicraftsनेपाल आइसकेपछि यहाँका मौलिकता झल्काउने वस्तु खरिद नगरि कुनै विदेशी पर्यटक फर्कन चाहँदैनन् । किनकि, नेपालको मौलिकता, यहाँको संस्कृति र कला संसारको कुनै कुनामा पाइँदैन । विशेषतः यहाँका कलात्मक, मूर्ति तथा परम्परागत कपडा लगायतमा विदेशी पर्यटकको बढी ध्यान केन्द्रित हुने गरेको पाइन्छ । नेपालको चिनोको रुपमा त्यस्ता कलात्मक सामानका साथै खुकुरी, करुवा लगायत नेपालीपन झल्काउने सामानहरुसमेत विदेशीहरुले खरिद गर्ने गरेका छन् ।

काठमाडौँको मन्दिरहरुको दर्शन
pashupatiमन्दिरै मन्दिरको सहर भनेर चिनिने नेपालको राजधानी सहर काठमाडौँका विभिन्न शैलीहरुको मन्दिर घुमफिर गरि त्यहाँको दर्शनका गर्दा एकदमै पृथक अनुभूति हुन्छ ।

नेपाली चाडपर्वमा सहभागिता
deusiसंस्कृतिमा विविभधता भएको मुलुक नेपालमा विभिन्न जातीहरु छन् र जाती अनुसारका छुट्टाछुट्टै चाडपर्वहरु छन् । चाडपर्व मनाउने तरिकाहरु पनि फरक छन् । नेपालको कुनै पनि चाडपर्वमा सहभागी हुनुहोस्, तपाईँले एकदमै आत्मीयता, सहयोगीपन, सरलता र नेपालीहरु तथा नेपाली चाडपर्वहरुको लचकता अनुभव गर्न सक्नुहुनेछ ।

परम्परागत योगा
Nepal Samनेपालको परम्परागत योगा तथा ध्यानमा संलग्न हुनुहोस् संसारभरमा नपाईएको सुख र शान्तिको अनुभूति तपाईँले प्राप्त गर्नुहुनेछ ।

अन्नपूर्ण बेस क्याम्प
annapurnaअन्नपूर्ण बेस क्याम्पमा ट्रेकिङ जानुको अनुभूति झनै अकल्पनिय छ । हिमाली भेगको पृथक रहनसहनको अनूभूति गर्दै, ढकमक्क फुलेका लालीगुँरासहरुको वास्ना लिँदै, हसिँलो अनुहार लाएर प्रतिक्षा गरिरहेका हिमालहरुको काखमा पुग्नु साँच्चै नै स्वर्गीय हुन्छ ।

कलात्मक पाटनमा घुमफिर
patanनेपालको ललितपूर जिल्लामा अवस्थित पाटन क्षेत्र कलाको दृष्टिले धनी मानिन्छ । त्यहाँका आदिवासीहरुले पराम्परागत रुपमा पछ्याउँदै आएका विभिन्न कलाहरुले जोकोहीलाई लोभ्याउँछ । त्यहाँका कलात्मक शैलीमा निर्माण गरिएका विभिन्न संरचनाहरुमा पाइने पृथकता संसारका सायदै कुनै महलहरुमा पाइन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१