काठमाण्डौ । भदौमा पहाडी क्षेत्रमा काउलीको ब्याड सार्ने वा गोडमेल गर्ने बेला भइसकेको छ । असोज–कात्तिकमा पहाडी क्षेत्रमा रायो, पालुङ्गो साग, लसुन, प्याज, धनियाँ, स्वीसचार्ड, गाजरलगायत रोप्न सकिन्छ । त्यसैगरी तराईमा पनि रायो, पालुङ्गो, लसुन, प्याज, ग्याँठ गोभी, धनियाँ, स्वीसचार्ड, गाजर, मुला, खुर्सानी, भेडेखोर्सानी, गोलभेँडा, भण्टा, बोडी, सिमीलगायत तरकारी बाली लगाउन सकिन्छ । यस पाली काउलीको वारेमा छोटो जानकारी प्रस्तुत छ अर्को जानकारी अर्को विषयको गराउनेछौ काउलीखेती काउलीका लागि चिसो हावापनी उपयुक्त हुन्छ । नेपलामा विशेषगरी तराई, मध्य पहाड र पहाडमा यस प्रकारको हावापानी उपलब्ध छ । हिउँदको महीनामा उपयुक्त हुने काउलीखेती बलौटे र दोमट माटोमा राम्रो हुन्छ । प्राङ्गारिक खेती अहिल मानिसहरू अग्र्यानिक उत्पादनप्रति आकर्षित भएको देखिन्छ । गाई–गोरुलगायतको मलमूत्र तथा झारपातलगायत कुहाएर बनाएको ९कम्पोष्ट० मलले बिरुवालाई चाहिने सम्पूर्ण पोषक तत्व पूर्ति गर्छ । यस प्रकारको प्रयोग नेपालमा परम्परादेखि नै गरिँदै आएको छ । त्यस्तै, कीरा र रोग नियन्त्रणका लागि सहजै पाइने गहुँत, साबुनपानी, असुरो, नीम, तितेपाती, सुर्ती, अदुवा, गाँजा, लसुन, प्याज, पुदिनालगायत विभिन्न जडीबुटी पनि प्रयोग गर्न सकिन्छ । यी जडीबुटी काँचो, सुकाएर वा पानीमा भिजाएर रोग लागेको पात, डाँठ, फलफूल, जरालगायतमा प्रयोग गर्न सकिन्छ । टिपाइ तथा ढुवानी व्यवस्थापन काउलीको फूल ठिक्क, परिपक्व तथा आकर्षक भएको अवस्थामा तीन÷चारओटा कलिलो पात राखी काट्नु राम्रो हुन्छ । ढुवानी गर्नुपरेमा प्लाष्टिकको क्रेट वा बाँसको टोकरीमा राख्नुपर्छ । डोको भए त्यसमा चारैतिर पराल राखेर पनि ढुवानी गर्न सकिन्छ । बोरामा ढुवानी गर्दा तापक्रम बढेर कुहिने, थिचिएर बिग्रनेलगायत सम्भावना बढी हुन्छ । काउली टिप्दा सकभर साँझ वा बिहान शीत ओभाएपछिको समय राम्रो हुन्छ । टिपिसकेपछि बढीमा करीब ४ घण्टा घामको प्रकाश नपर्ने ठाउँमा ‘क्युरिङ’ गर्नुपर्छ ।
प्रतिक्रिया