एप्पलले आफ्नो नयाँ उतपादनआइफोन सेभेन आज सार्वजनिक गर्दैै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७३, बुधबार १४:२१

Iphone
क्यालीफोर्नीया । विश्वप्रख्यात अमेरिकी मोबाइल कम्पनी एप्पलले आफ्नो नयाँ उतपादनआइफोन सेभेन आज सार्वजनिक गर्दैै छ। आइफोन सेभेनको कस्तो रङ्गमा आउने, कस्ता कस्ता फिचर हुने, कुन आकारमा आउने भन्ने विषयमा विभिन्न अड्कलबाज चलिरहेका छन्। तर आइफोनले भने हालसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन।

गुणस्तरीय क्यामरा

एप्पलको आइफोन सेभेन मोड्युल रेयर क्यमरा अप्टिकल इमेज स्टेबलाइजरसहित आउने भएको छ। आइफोन सेभेनको मोड्युल क्यमरा ४।७ इन्चको हुने र यसमा अप्टिकल इमेज स्टेबलाइजर हुने जनाइएको छ। उक्त सिङगल लेन्स क्यामरामा चार सानो कटआउटस हुने र यसले आकर्षक तस्बिर लिन सकिने जनाइएको छ। विगतमा आएका आइफोन सिक्स र आइफोन सिक्स प्लसमा भएका रियर क्यामरा कटआउटस रहित थियो।

आइफोनले ४।७ इन्चको सिङगल लेन्स क्यामरलाई अप्टिकल स्टेबलाइजरका साथ अझै गुणस्तरीय रुपमा ल्याउने र ५।५ इन्चको अर्को मोडमा ड्युअल लेन्स क्यामरा र ३ जिबी र्याम जडान गरिने बताइएको छ। एप्पलले आफुहरुले ल्याउने अप्टिकल इमेज स्टेबलाइजरसहितको क्यामरा नै उक्त मोवाइल बिक्रीको आकर्षणको केन्द्र हुने बताइएको छ।

एप्पलले आफ्नो आगामी उत्पादनमा हेडफोन ज्याक र होमबटन हटाउनु बाहेक पहिलेकै जस्तै डिजाइनमा निकाल्ने विश्वास गरिएको छ। आइफोन सेभेन विभिन्न पाँच रङ्गमा उपलब्ध हुने र उक्त फोनमा वाटर प्रुफिंङ र वाटर रेसिस्टेन्सी क्षमता हुने बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१