पुरुषले स्तनपान गराएको तस्वीर भाईरल बनेपछि ( फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ भाद्र २०७३, बुधबार १३:३९

पुरुष समलिंगी बाबुले आफ्नो छोरालाई स्तनपान गराएको तस्वीर भाईरल बनेको छ । सो तस्वीरलाई एउटा आधुनिक परिवारको उत्कृष्ट तस्वीरको रुपमा लिइएको छ । ‘मेरो भाईको गर्भधारण र नयाँ अमेरिकी परिवार’ क्याप्सन लेखेको तस्वीरलाई उनकै दिदी जेसिकाले यसै साता सेयर गरेको समाचार टाइम डटकमले प्रकाशित गरेको छ । तस्वीरमा एक पुरुषले स्तनपान गराइरेका छन् । ती पुरुष हुन ३५ वर्षी इभान हेमेल ।purush-stanpan-1024x682
इभान हेमेल र उसका पार्टनले सन् २०११ बच्चा जन्माउन टेस्टोरोन उत्पादन गर्न सक्ने बताएका थिए । दाताको वीर्यबाट कृत्रिम गर्भाधानपछि हेम्पेलले सन् २०१६ छोरा जन्माउन सफल भएका थिए । बच्चा जन्माउने विषयमा उसकी दिदी जेसीले अमेरिकाको प्रसिद्ध पत्रिका टाइममा अन्तर्वार्ता समेत दिएकी थिइन । हेम्पेल पनि बच्चा जन्माउने निर्णय जुवा खेल्ने निर्णय जस्तै भएको बताएका थिए ।

‘यो एउटा जुवा खेले जस्तै थियो,’ हेम्पेल भन्छन्, ‘मैले कस्तो महशुस गरे भन्ने बारेमा मलाई नै थाहा छैन । तर मेरो शरीरले यो काम गर्न सक्छ भन्ने लाग्थ्यो ।’ आफू गर्भवती भएको कुरा उनले ह्युमन रिसोर्सका प्रतिनिधिलाई बताएका थिए, तथापी यो आफैमा अनौठो थियो ।
उनी गर्भवती हँुदाको तस्वीरले पनि सकरात्मक सन्देश दिएको थियो । उनको हाउभाउ सबै पुरुष जस्तै छ । पुरुषको जस्तै दाह्ी आउँछ । तर यौन अंग भने महिलाको छ । ‘मेरो यौन अंग महिला छ तर म पुरुष हु,’ उनी भन्छन् । उनले आफ्नो मेडिकल विमाको कागजमा आफूलाई महिला लेखेका थिए ।

‘विमा पत्र पाउदा उनीहरुले मलाई सर वा म्याम भनेनन’ उनी भन्छन, ‘उनीहरुले केबल प्यारो इभान हेम्पेल भने जुन सम्बोधन राम्रो लाग्यो ।’ बच्चालाई स्तनपान सकाएपछि उनी टेस्टोस्टेरोन झिक्न चाहेको बताएका छन्, ताकी उनको स्तन फेरी सुकोस । दिदी जेसिकाका अनुसार उनी सानैदेखि बच्चा बच्ची निकै मन पराउथे । उनले बालबालिकाका खेलौला लिने गर्थे ।

स्वास्थ्य खबरपत्रिकाबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१