चितवन । तस्करले हानेको छवटा गोली लागेर गम्भीर घाइते भएको दुर्लभ एकसिङ्गे गैँडा मरेको छ ।
शरीरमा लागेको गोलीको छर्रा झिकिएको गैँडा चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । गैँडाको शरीरबाट गोली भने निकाल्न सकिएको थिएन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरे नेतृत्वको प्राविधिक टोलीले गैँडाको उपचार गरको थियो ।
यही भदौ ४ गते रौतहटको गैँडाटारमा तस्करले हानेको गोली लागेर १५ वर्षको उक्त भाले गैँडा गम्भीर घाइते भएको थियो ।
प्रतिक्रिया