भरताज उप्रेती। नेपालमा पनि कम्प्युटर बन्छ भन्दा तपाइलाई अचम्म लाग्छ होला तर यो सत्य हो । सन् १९७९ मा मुनि बहादुर शाक्यले नेपालमा पहिलोपटक माइक्रो कम्प्युटर बनाएर सबैलाई चकित पारिदिएका थिए । उनको यो साहसी काम र सिर्जनाको बारेमा चीनिया“ र जापनीज सञ्चार माध्यमहरुले बिशेष चासो दिएर विश्वभर समाचार एकैसाथ प्रसार गरेका थिए । शाक्यको यो नौलो र महत्वपूर्ण कामलाई नेपालका सञ्चार माध्यमहरुले पनि प्राथमिकताका साथ महत्व दिएका थिए । तर पनि अहिले उहा“को अपार ज्ञान र अनुभव ओझेलमा परिरहेको छ कारण उहा“ले सञ्चालनमा ल्याउनुभएको १ करोड मूल्य बराबरको कम्प्युटर बनाउने मेशीन अहिले कोठामा अलपत्र अवस्थामा रहेको छ । उत्पादन बिभागमा नै २५ जना दक्ष प्राविधिक र अन्य थुप्रै प्राविधिकहरुले काम पाउने यो मेशीन अहिले कोठा ओगटेर मात्र बसेको मात्र छैन, शाक्यले बनाएका अन्य थुप्रै रोचक प्रविधिहरु जस्तैःे मानव सरहको रोवट, सेक्युरिटी यन्त्र उपकरण र अरु कम्प्युटरका पार्टसहरुले पूरै घर ओगटेर बसेको छ । एउटै कम्प्युटरमा भएको कामलाई २ सय भन्दा बढी कम्प्युटरबाट हेर्न सक्ने प्रणालीको विकास र सयौ कम्प्युटर अमेरिकामा बनाएर चर्चा कमाइसक्नु भएका शाक्यको असाधारण प्रतिभालाई नेपाल सरकारले भने उपयोगमा ल्याउन र प्रतिभाको कदर अहिलेसम्म गर्न पनि सकेको छैन । आइबिएम कम्पनीले माइक्रो कम्प्युटर बनाउनु २ वर्ष अगाडी नै नेपालमा माइक्रो कम्प्युटर बनाएर विश्वलाई छक्क पार्नु भएको शाक्यको कामको केही समय चर्चा भए पनि यसलाई कसैले पनि राष्ट्रिय हितको प्रयोगमा ल्याउने कोशिस नगरेको उहा“कै गुनासो छ । सरकारले सहयोग नगरे पनि आफ्नै लगानीमा कम्प्युटर बनाउने उपकरण ल्याएर काम शुरु गरेको कम्प्युटर मेशीन पनि अहिले यत्तिकै कोठामा ठाउ“ ओगटेर बसेको छ ।
युरोप अमेरिका बेलायतबाट शाक्यलाई थुप्रै अवसरहरु आए तर देश र जनताका लागि आइटि विकासमा समर्पित हुने एउटै उद्देश्य उहा“को भएकोले ती सबै अवसरहरुलाई शाक्यले महत्वपूर्ण ठान्नुभएन र निरन्तर आफ्नो प्रयासमा नया“ प्रविधिको खोज अनुसन्धानतर्फ लाग्नुभयो । तर उनको यी सबै प्रयासलाई राज्य वा सरकारले कुनै चासो दिएको पाइदैन । रोनाष्टले देवनागरीमा कम्प्युटर बनाएको कामलाई कदर गर्दै सम्मान एवं कदर गरे पनि सरकारले भने उहा“को सीप र सिर्जनाहरुलाई सम्बोधन गर्न तथा प्रयोगमा ल्याउन सकेको छैन । सन् १९८० को बेला विश्वमा कम्प्युटर बनाउने कुरा भर्खर शुरु भएको बेला नेपालमा नै कम्प्युटर बनाउन सक्ने ब्यक्ति नेपालले पाउनु सबैभन्दा खुशीको कुरा भए पनि यसलाई सम्बन्धित निकायले महत्वपूर्ण नठान्नु र अवसर नदिनु उत्तिकै दुःखपूर्ण रहेको छ । कतिपयलाई नेपालमा कम्प्युटर बन्थ्यो भन्ने कुरा एकादेशको कथा जस्तै छ । किनकी उनीहरुलाई केही थाहा छैन कसले नेपालमा कम्प्युटर बनाए भन्ने कुरा किनकी शाक्यको यो कमलाई राज्यले प्रयोगमा ल्याउन सकेन र कुनै महत्व पनि दिएन । तर पनि शाक्यले बिना सरकारी सहयोग आफ्नै लगानीमा द हाइटेक पायोनियर खोलेर कम्प्युटर बनाउने मेशीन नै नेपालमा ल्याउनु कम्प्युटर बनाउने कामलाई निरन्तरता दिनुभयो । आफूले कार्ययोजना बनाउनु त कता हो कता एउटा सामान्य नागरिकले प्रविधिको क्षेत्रमा हासिल गरेको यति ठूलो दक्षतालाई नबुझेको सरकारले शाक्यले कम्प्युटर बनाउने प्रयोगशालाका लागि आवश्यक उपकरणहरु विदेशबाट आयात गर्दा ५ प्रतिशत सहुलियत माग्दा समेत कुनै चासो नदेखाएको शाक्यको गुनासो छ । आवश्यक अन्य उपकरणहरुका आयातका लागि सहुलियतको त कुरै छाडौ उचित मूल्यांकन नै गर्न सकेको छैन राज्यले । देश विकासका लागि प्रभावकारी नीति नियम ल्याउने भन्ने सरकारी निकायको रणनीति र मन्त्रि नेताको खोक्रो भाषण त केवल गधाले भारी बोक्न छोड्छु भन्नु जस्तै हो ।
पच्चीस वर्ष अघि मात्र एडिबीबाट २० औ अर्ब आर्थिक सहायता लिने देश दक्षिण कोरिया अहिले विश्वकै सम्पन्न राष्ट्रमा पर्दछ । कारण कोरियाले आइटी क्षेत्रलाई राष्ट्रिय नीतिको रुपमा अख्तियार ग¥यो । आज जति पनि कम्प्युटर प्रविधिका उत्पादनहरुले मूर्त रुप पाउ“छन् र विश्व बजारमा आउ“छन् यसमा दक्षिण कोरियाकै प्रमुख हात छ । अमेरिकामा अवधारणा र प्रारम्भिक काम मात्र हुने गर्दछ । त्यसपछिका सबै काम कोरियामा हुने गर्दछन् । आज मुनि बहादुर शाक्य जस्ता प्राविधिक एवं बिज्ञहरुको नेपालमा कदर हु“दो हो नेपाल अन्य विकसित मुलुकको दा“जोमा पुग्न कुनै गा¥हो थिएन होला नि । हुनत आइटीको बारेमा अनभिज्ञ रहेका सरकारी पदाधिकारी र नेता तथा मन्त्रिहरले यसको उपयोगितालाई पनि कसरी बुझुन् त ? विडम्बना नै यही छ नेपालको । आइटी विकासका लागि आउने विदेशी सहयोगलाईृ सरकारका जिम्मेवार मन्त्रिहरुले कार्यान्वयन गर्न नसकिने भन्दै अस्वीकार गरेका उदाहरणहरु पनि नभएका भने होइनन् । यसबाट के स्पष्ट हुन्छ भने नीति नियम तर्जुमा र कार्यान्वयन पक्षमा सरकार कति असक्षम छ भन्ने कुराको । राजनीतिक खिचातानी र शक्ति हत्याउन कुर्सीको भागवण्डामा लागेका राजनीतिक नेताहरुलाई कम्प्युटरको महत्व थाहा र्नै छैन भन्दा पनि हुन्छ । नत्र किन त आइटी क्षेत्रलाई सरकारले उपेक्षा गरिहेको छ त ? यो प्रश्न हामी सचेत नागरिकको तर्फबाट सरकारलाई । भाषणमा ठूला ठूला गफ हाक्नेहरुले आइटी विकासका लागि मौन रहिरहे नेपाल सधै अन्य देशको उत्पादनमा भर पर्नुपर्नेहुन्छ । अनि मुनि बहादुर शाक्य जस्ता ब्यक्तिहरुको कदर र उहा“हरुको ज्ञानलाई उपयोगमा नल्याउने हो भने कहिल्यै देश र जनताको उन्नति तथा प्रगति हुन सक्तैन । आइटी क्षेत्रको विकासका लागि सुतिरहेको सरकारको निद्रा हट्नुप¥यो अनि ६० वर्ष नाघिसकेका शाक्यको जस्तै नया“ जोस र जा“गर हरेक नेपालीहरुमा आउनुप¥यो । अनि मात्र देशको विकास सम्भव छ । सानैदेखि इलेक्ट्रोनिक्समा बिशेष रुची राख्ने स्वभाव भएका शाक्यले भारतको कलकत्तामा इन्जिनियरिङ्ग अध्ययन पूरा गरी बेलायतबाट सन् १९७३ मा बेलायतबाट सी.इन्जिनियरिङ्ग (ऋ।भ्लनष्लभचचष्लन) सम्मको अध्ययन सक्याउनुभएको हो । कम्प्युटर सम्बन्धी इलेक्ट्रोनिक्स विषयको खोज र अनुसन्न्धानका लागि बेलायत युरोप अमेरिका र फ्रान्सको कम्प्युटर उत्पादन गर्ने ठाउ“हरुमा गहिरो अध्ययन गरेर सन् १९८३ मा नेपाली माध्यममा चलाउन मिल्ने कम्प्युटर बनाएका थिए । यी बाहेक सुपर कम्प्युटर, नेवारी भाषामा चलाउन सक्ने बाहेक अन्य थुप्रै कम्प्युटरहरु मुनि बहादुर शाक्यले नेपालमै बनाउनुभयो । धर्म कर्म र आरामपूर्वक बस्नुपर्ने बेलामा पनि मुनि बहादुर शाक्यले इ–लाइब्रेरीको सञ्चालन गर्ने सोच बनाउनुभएको छ भने धन सम्पत्तिको कुनै मतलव नराखी एउटा पूरै घरमा आफूले बनाएका जुन विश्वका अरु देशमा बनाएका कुनै पनि प्रविधिभन्दा फरक नभएका उपकरणहरु छन् यसको सञ्चालनका लागि सरकारले ध्यान दिनुप¥यो या त संग्राहलयमा लगेर राखिदिने ब्यवस्था गरिदिनुप¥यो भन्नुहुन्छ । मुनि बहादुर शाक्यले हिम्मत हार्नुभएको छैन आफूमा भएका सीप र सिर्जनालाई आफू रहेसम्म गरेरै देखाउन । मान्नै पर्छ उहा“को साहस र धैर्यतालाई । मुनि बहादुर शाक्य जस्ता धेरै छन् नेपालमा आइटी क्षेत्रको विकासमा लागि पर्नेहरु ।
खाली राजनीतिक दाउपेचका आधारमा शक्ति हत्याउने खेल र राजनीतिक आधारमा जिम्मेवार निकायहरुमा कर्मचारी नियुक्त गर्ने काम बाहेक भरमा ध्यान नै छैन देशको शासन सत्ता सम्हाल्नेहरुको । राजनीिितक आधारमा नियुक्त हुनेहरुले कसरी देशको आइटी क्षेत्रको विकास गर्लान् ? भन्नै गा¥हो छ । सरकारी निकायमा यस्तो प्रणलीको अन्त नभएसम्म आइटी क्षेत्रको विकास सम्भव छैन । यसतर्फ सरकारले अब सोच्नुपर्ने बेला आएको छ । देशकै विकास र हजारौ ब्यक्तिले रोजगार पाउन सक्ने यस्ता महत्वपूर्ण प्रविधिहरुलाई अब पनि सरकारले वेवास्ता गर्ने हो भने नया“ नेपालको निर्माण हुन सक्तैन ।
यदि सा“च्चै नया“ नेपालको निर्माण गर्ने हो भने सरकार र राजनेताहरुको यस्ता देशका सष्टाहरुको पहिचान गर्दै उनीहरुको सीप र सिर्जनालाई प्रयोगमा ल्याउन तर्फ ध्यान दिनुपर्ने देखिन्छ भने अब बन्ने नया“ संविधानमा आइटी क्षेत्रको छुट्टै संयन्त्रको गठन गरी राष्ट्रिय मुद्दाको रुपमा यसलाई अगाडी ल्याउनुपर्ने खा“चो पनि उत्तिकै जरुरी छ ।
(लेखक भरतराज उप्रेती आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष हुनुहुन्छ भने विगत एक दशक भन्दा लामो समयदेखि आइसिटी पत्रकारीता गर्दै आउनुभएको छ ।)
नेपालमा कम्प्युटरको इतिहास र बिकाशक्रम
बि. सं. २०२८ सालमा दोश्रो पुस्ताको कम्प्युटर क्ष्द्यः ९क्ष्लतभचलबतष्यलब िद्यगकष्लभकक ःबअजष्लभ०(ज्ञद्धण्ज्ञ भित्रिएपछि नेपालमा कम्प्युटरको शुरुवात भएको हो । तत्कालीन श्री ५ को सरकारले बि. सं. २०२८ सालको जनगणना गर्नको लागि यो कम्प्युटर झिकाएको थियो , जुन कम्प्युटरको भाडा प्रति महिना ने. रु. १ लाख २५ हजार तिर्नुपर्दथ्यो । त्यस बेला नेपालको जनसंख्या १ करोड १२ लाख ५० हजार गणना गर्न यस कम्प्युटरलाई १ वर्ष ७ महिना १५ दिन लागेको थियो । बि. सं. २०२८ भन्दा अगाडि अर्थात बि. सं. २०१८ को जनगणना गर्न ँबअष्त नामक ऋबअिगबितष्लन म्भखष्अभ को प्रयोग गर्ने गरिएको थियो । उक्त समयमा नेपालको जासंख्या करिव ९६ लाख थियो र ँबअष्त नामक ऋबअिगबितष्लन म्भखष्अभ ले जनसंख्या गणना गर्दा झण्डै ६ वर्ष ६ महिना लागेको थियो । जसले गर्दा पञ्चवर्षिय योजना कार्यान्वयनमा पनि बाधा परेको थियो ।
बि. सं. २०३१ पैष १५ मा क्ष्द्यः(ज्ञद्धण्ज्ञ लाई नेपाल सरकारले फिर्ता नपठाई आपैmले किन्ने बिचार ग¥यो र एउटा छुट्टै भ्म्एऋ ९भ्भिअतचयलष्अ म्बतब एचयअभककष्लन ऋभलतचभ० नामक कार्यालय स्थापना गरी त्यहीँ राखियो । जुन कार्यालय स्थापना कालको ६ वर्षपछि अर्थात बि. सं. २०३७ मा राष्ट्रिय कम्प्युटर केन्द्र ल्ऋऋ ९ल्बतष्यलब िऋयmउगतभच ऋभलतचभ० मा परिवर्तन गरियो । (हाल यो केन्द्र पनि बिघटन भइसकेको छ ) । त्यसपछि क्ष्द्यः(ज्ञद्धण्ज्ञ लाई बिस्तारै अन्य क्षेत्रहरु जस्तै कृषि क्षेत्र , औधोगिक क्षेत्र , सञ्चयकोष तथा एस. एल. सी. को नतिजा प्रकाशन गर्ने कार्यमा पनि लगाउन थालियो । साथसाथै यस कम्प्युटरलाई त्भभिअयmmगलष्अबतष्यल, भ्भिअतचष्अष्तथ ब्गतजयचष्तथ, ज्भतबगलमब ऋझभलत ँबअतयचथ, व्बलबपउगच ऋष्नबचभततभ ँबअतयचथ का साथै बिश्वबिद्यालयमा पनि प्रयोगमा ल्याइयो ।
बि. सं. २०३८ सालमा जनगणना गर्नको लागि क्ष्द्यः(ज्ञद्धण्ज्ञ भन्दा द्रुत गति तथा बढि भरपर्दो कम्प्युटर चौथो पुस्ताको क्ष्ऋी द्दढछण्रज्ञण् नामक कम्प्युटर नेपालमा भियाइयो । यो कम्प्युटर ग्ल्म्ए र ग्ल्ँएब् को सहयोगमा द्यचष्तबष्ल वाट झिकाइएको थियो । जसको मूल्य २० लाख अमेरिकी डलर थियो । यस कम्प्युटरमा ६४ वटा त्भचmष्लब िहरु जडान गरिएका थिए । २०३८ सालको जनगणना गर्न यस कम्प्युटरलाई १ वर्ष ३ महिना लागेको थियो । यी कम्प्युटरहरु हालसम्म पनि बिघटित राष्ट्रिय कम्प्युटर केन्द्रमै रहेका छन् ।
नेपालमा कम्प्युटरको सहि सञ्चालन गर्न दक्ष जनशक्ति नभएको कारण द्यचष्तष्कज सरकारले राष्ट्रिय कम्प्युटर केन्द्रका कर्मचारीहरुलाई कम्प्युटरको तालिमको व्यवस्था ग¥यो र तालिम पछि न्चबमगबतभ , एयकत न्चबमगबतभ तथा म्ष्उयिmब सरहको ऋभचतषष्अबतभ पनि प्रदान ग¥यो । यस समयमा कम्प्युटर सिक्नको लागि नेपालीहरु आफ्नै पैसा खर्च गरी भारत , थाइल्याण्ड , अमेरिका तथा रुसमा जाने गर्दर्थे । बि. सं. २०३९ सालतिर नेपालमा कम्प्युटर बिक्री बितरण गर्ने कम्पनीहरु स्थापना हुन थाले । यी कम्पनीहरुले व्यक्तिगत प्रयोजनको लागि ःष्अचयअयmउगतभच हरु जस्तै ब्उउभि , क्ष्चगक , ख्भअतयच आदि कम्प्युटरहरु नेपालमा भित्राई बिक्री बितरण गर्न थाले । जसले गर्दा कम्प्युटर बिक्री बितरणमा व्यापकता आयो र कम्प्युटर प्रयोगकर्ताहरु पनि बढ्न थाल्यो । हरेक संघसंस्था , बिद्यालय , बिश्वबिद्यालय , निजी तथा सरकारी कार्यालयहरुले कार्यालयका कामहरु छिटो छरितो , शुद्ध तथा भरपर्दो ढङ्गले सुचारु गर्नको लागि कम्प्युटरको प्रयोग गर्न थाले । पहिलेदेखि चलिआएको त्थउभधचष्तभच लाई बिस्थापित गरी अव हरेक कार्यालयले कम्प्युटरको प्रयोग गर्न थाले । त्यस्तै हरेक कार्यालयमा त्थउष्कत को सट्टा ऋयmउगतभच इउभचबतयच को माग बढ्न थाल्यो । जुनसुकै कार्यालयमा पनि कम्प्युटर तालिम लिएका व्यक्तिहरुको माग बढ्न थालेपछि जुनसुकै क्षेत्रका व्यक्तिहरु पनि कम्प्युटर तालिम प्रति आकर्षित हुन थाले । फलस्वरुप नेपालमा कम्प्युटर प्रयोगकर्ताहरु दिनप्रतिदिन बढ्न थाल्यो ।
हाल काठमाण्डौ , ललितपुर र भक्तपुर उपत्यकामा मात्रै झण्डै ७५% भन्दा वढी ःष्अचयअयmउगतभच हरु बिभिन्न बिद्यालय , कलेज , संघसंस्था , निजी तथा सरकारी कार्यालयहरुमा प्रयोग भइरहेका छन् ।
प्रतिक्रिया