अन्तराष्ट्रिय ख्याती प्राप्त ‘गोल्डेन फोनिक्स अवार्ड २०१६’ नेपाली चेली चाँदनी श्रेष्ठले पारिन हात

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७३, मंगलवार १५:२०

काठमाडौँ । अन्तराष्ट्रिय ख्याती प्राप्त ‘गोल्डेन फोनिक्स अवार्ड २०१६’ नेपाली चेली चाँदनी श्रेष्ठले हात पारेकी छिन् । सेक्टेम्वर ३ तारिखका दिन मलेसियामा एक विशेष समारोहका विच अवार्ड प्रदान गरिएको थियो ।

विभिन्न क्षेत्रमा सफल विश्वका तीस भन्दा वढि महिलाहरुलाई प्रदान गरिएको अवार्डमा चाँदनीले उक्त अवार्ड प्राप्त गरेर देशको गौरव वढाएकी छिन् ।

विगत लामो समय देखी सफल महिला उद्यमीको रुपमा स्थापित श्रेष्ठले यस अघि पनि थुपै्र अवार्ड तथा सम्मानहरु प्राप्त गरिसकेकी छिन् । इन्टरप्रेनियर सक्सेस वुमेनको रुपमा यस वर्षको गोल्डेन फोनिक्स अवार्ड चाँदनीले चुमेकी हुन् ।

द रेमण्ड सप, रेमण्ड होम लगायतका सफल कम्पनी कि संचालीका श्रेष्ठले केहि समय अघी मात्रै इण्डोनेसियाको राजाबाट ‘डि राजा नोसनतारा एम्बेसडर अवार्ड’ बाट समेत सम्मानीत भएकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विजनेश अवार्ड २०१६’ हात पारेकी श्रेष्ठलाई यसै बर्ष मात्रै नवनारी म्यागेजिनले ‘वुमन अफ दि इयर २०१६’ बाट सम्मानीत गरेको थियो ।
व्यावसायीक जिवन संगै समाज सेवामा पनि निकै सकृय चाँदनीले यी यस्ता अवार्ड तथा सम्मानहरुबाट समाजका लागि अझै केहि गर्ने प्रेरणा मिलेको प्रतिक्रीया दिएकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१