उत्तर कोरियाले पुनःतीन वटा ब्लास्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७३, मंगलवार ०६:२३

koriyaसोल ।  उत्तर कोरियाले पुनःतीन वटा ब्लास्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले दाबी गरेको छ। दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री तटीय क्षेत्रबाट उक्त ३ ब्लास्टिक मिसाइल परीक्षण गरेको दाबी गरेको छ। तर कुन प्रकारको मिसाइल परीक्षण गरेको भन्ने बारे भने केही खुलाइएको छैन। दुई हप्ताअघि पनि उत्तर कोरियाले ब्लास्टिक मिसाइल परीक्षण गरेको थियो। उक्त मिसाइल जापानको रक्षा क्षेत्रमा प्रवेश गरेपछि जापानी प्रधानमन्त्रीले यसलाई गैरजिम्मेबार कदम भन्दै आलोचना गरेका थिए।

चीनमा जि–२० को बैठक चलिरहदाँ उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको हो। राष्ट्रसंघले लगातार मिसाइल परीक्षणलाई तत्काल रोक्न आग्रह गर्दै प्रतिबन्ध लगाउँदासमेत उत्तर कोरियाले समय समयमा मिसाइल परीक्षण गर्दै आएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१