जर्मनी, इङल्याण्ड र स्कटल्याण्ड विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ भाद्र २०७३, मंगलवार ०६:१५

worldcup-qulifireलण्डन। विश्वकप छनोट चरणअन्तर्गत आइतबार राती सम्पन्न खेलहरुमा जर्मनी, इङल्याण्ड र स्कटल्याण्ड विजयी भएका छन्। विश्व विजेता जर्मनीले नर्वेलाई ३–० गोल अन्तरले पराजित गरेको हो। उसको जितमा स्ट्राइकर थोमस मुलरले खेलको १५ औं र ३० मिनेट गरी २ गोल गरेका थिए भने जोशु किम्चले थप एक गोल गरेका थिए।

त्यस्तै इङल्याण्डले स्लोभाकियामाथि १–० को कठिन जित हात पारेको छ। प्रतिशपर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। गोलरहित बराबरीतर्फ लम्केको खेलमा इङल्याडका एडम लाहानाले थप गरिएको समयमा गोल गर्दै जित सुनिश्चित गरेका थिए।

यता स्कटल्याण्डले माल्टामाथि ५–१ गोल अन्तरको सानदार जित निकालेको छ। स्टकल्याण्डका रोर्बट स्नोडग्रासले ह्याट्रिक गर्दा फेल्चर र मार्टिनले थप एक एक गोल गरेका थिए। माल्टाले खेलको पहिलो हाफमा एक गोल फर्काए पनि त्यो खेलमा फर्कन प्रयाप्त भएन।

खेलको ६० औं मिनेटमा माल्टाका कारुअना रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि माल्टा थप दबाबमा परेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१