एसएलआर राइफल र २५ वटा गोली बरामद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७३, सोमबार १३:०९

जुम्ला । जुम्लाको सनीगाउँबाट प्रहरीले  एसएलआर राइफल बरामद गरेको छ । सनीगाँउ–४ स्थित जलजला लेकको ओडारमा हरियो प्लास्टिक र कपडाले बेरेर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो । त्यस्तै धापा–६ घोडेङ्गा स्थित स्याउको बगैचाबाट एसएलआर राइफलको गोली २५ राउण्ड, १ थान म्यागजिन र एसएलआरको चालुवाला पुर्जाहरु बरामद गरेको छ ।

अंचल प्रहरी कार्यालय कर्णालीबाट भाद्र १५ गते खटिएको प्रहरी टोलीले बिभिन्न हातहतियार गोली तथा नगद सहित मुगु जिमा–३ बस्ने २५ बर्षीय गोबिन्द टमाटा, मुगु कोड–८ बस्ने ३१ बर्षीय दल बहादुर कार्की र जुम्ला मालिका ठाडा–४ बस्ने ३२ बर्षीय मन बहादुर बोहोरालाई पक्राउ गरेको थियो ।
सोधपुछ गर्दा सनीगाँउ–४ स्थित जलजला लेकको ओडारमा र धापा–६ घोडेङ्गा स्थित स्याउको बगैचाबाट हतियार राखेको बताएपछि खटिएको प्रहरी टोलीले आइतबार हतियार र गोली बरामद गरेको हो । त्यस्तै नेपालगंज उपमहानगरपालिका–२२ नदई गाँउ स्थित कृपाराम कलवारको खुद्रा पसलबाट प्रहरीले १४ राउण्ड, गोली बरामद गरेको छ ।
बरामद गोलीहरु मध्ये ९ राउण्ड मिस फायर (बेसाबुत) भएको रहेको छ । घटनाको प्रकृति हेर्दा अन्य व्यक्तिहरुले उक्त गोली राखेको जस्तो देखिएको प्रहरीले बताएको छर । प्रहरीले कृपाराम कलवारलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सेतोपाटि  बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१