राष्ट्र बैंकले दसैंलाई नयाँ नोट असोज १६ बाट उपलब्ध गराउने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७३, आईतवार १७:१२

नयाँ नोटकाठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि असोज १६ गतेबाट सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई भने सर्वसाधारणलाई वितरण गर्न असोज ९ गतेदेखि १४ गतेसम्म नयाँ नोट उपलब्ध गराउने छ ।

‘सर्वसाधारणले लामो लाइन बस्नु नपरोस् भनेर यसपाली कुपन वितरण गरिने छ’ राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बिजमाण्डूसँग भने, ‘सर्वसाधारणलाई यसपाली पोहोरभन्दा वढि नोट पनि उपलब्ध गराइने छ ।’

राष्ट्र बैंकले एक जनालाई ३७ हजार रुपैयाँ नयाँ नोट उपलब्ध गराउने छ । नोट थापाथलीस्थित कार्यालयसँगै क्षेत्रीय कार्यालयबाट उपलब्ध गराइने पण्डितले जानकारी दिए ।

राष्ट्र बैंकबाट नोट लगेपछि बैंकहरुले भने असोज १० गते बाटै वितरण थाल्ने छन् । राष्ट्र बैंकले पाँचदेखि १०० रुपैयाँसम्मका नोटहरु दुई दुई बिटाका दरले उपलब्ध गराउने छ । यसो हुँदा एक जनाको भागमा ३७ हजार रुपैयाँ सटही सुविधा हुन्छ । गत बर्ष एक जनालाई २२ हजार रुपैयाँ सटही सुविधा दिइएको थियो ।

बैंकहरुलाई कति नोट दिने टुङ्गो लागिनसके पनि आवश्यकता अनुसार उपलब्ध गराइने पण्डितले जानकारी दिए । ‘हामीसँग पर्याप्त स्टक भएकाले नयाँ नोट वढि वितरण गर्न लागिएको हो’ उनले भने, ‘यसपाली वितरण गरिने नोटहरुमध्ये  १०० रुपैयाँ दरका मात्र गभर्नर डा. चिरञ्जिबी नेपालको हस्ताक्षर भएको नोट हुने छ । वाँकी पुराना गभर्नरहरुको हस्ताक्षर भएको नयाँ नोट वितरण हुन्छ ‘।

राष्ट्र बैंकले आफ्ना वहालवाला र पूर्वकर्मचारीलाई भने ५५ हजार रुपैयाँ नयाँ नोट सटही सुविधा दिने छ । नेपाली सेना, नेपाल प्रहरी, कर्मचारीहरु कार्यालयको पत्र लिएर आएमा छुट्टै ब्यवस्था गरेर नयाँ नोट दिइने उनले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१