टेलिकमको चालु आर्थिक वर्षको नौ महिनामा रु २९ अर्ब १२ करोड ३४ लाख आर्जन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ असार २०७१, शुक्रबार १०:५८

काठमाडौँ ,२७ असार । नेपाल टेलिकमले चालु आर्थिक वर्षको नौ महिनामा रु २९ अर्ब १२ करोड ३४ लाख आर्जन गरेको छ । आर्जित रकममा कर कटाउँदा कम्पनीेलाई रु आठ अर्ब ६० करोड ६४ लाख मुनाफा भएको छ ।Nepal-Telecom-CDMA-hamrakura-2

कम्पनीले आज सार्वजनिक गरेको छैटौँ वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आवमा रु ३८ अर्ब ८५ करोड आम्दानी गरेको थियो भने जारी आर्थिक वर्षमा रु ४१ अर्ब ६५ करोड हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो । नौ महिनाको आम्दानीलाई आधार मान्दा लक्ष्य हासिल गर्न कठिन नहुने प्रतिवेदनमा उल्लेख छ ।

गत आवमा कम्पनीले मूल्य अभिवृद्धि कर, स्वामित्व शुल्क, तथा दूरसञ्चार शुल्क आठ करोड र रु तीन अर्ब ६३ करोड आयकर राज्यकोषमा दाखिला गरेको थियो भने भन्सार महसुल, ग्रामीण दूरसञ्चार कोष र सलामी, सम्पत्ति एवम् सवारी कर तथा लाभांश गरी १२ करोड योगदान गरेको थियो ।

छैटौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवम् कम्पनीका अध्यक्ष सुमनप्रसाद शर्माले दूरसञ्चार सेवालाई अझ व्यापक तुल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“वर्तमान युग सूचना प्रविधिको भएकाले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गर्दै राष्ट्र निर्माणको महाअभियानमा लाग्नु आजको आवश्यकता हो,”– सूचना तथा सञ्चार प्रविधि गरिबी घटाउने उपयुक्त माध्यम भएको उल्लेख गर्दै उहाँले भन्नुभयो ।

छैटौँ वार्षिक प्रतिवेदनअनुसार गत चैत मसान्तसम्ममा मुलुकमा दूरसञ्चार सेवा प्रयोग गर्नेको सङ्ख्या एक करोड चार लाख छ हजार पुगेको छ । सोही अविधिमा सातलाख ९९ हजार तीनसय २३ लाइन तारयुक्त फोन, ८५ लाख ७१ हजार चारसय ७९ मोबाइल र ११ लाख ८४ हजार एकसय २६ जना सेवाग्राहीले कोड डिभिजन मल्टिपल एक्सेस (सिडिएमए) फोन लिइसकेका छन् ।

त्यस्तै एसिमिट्रिक डिजिटल सब्सक्राइबर लाइन (एडिएसएल) का ग्राहक एकलाख १६ हजार तथा इन्टरनेट जडान गर्नेको सङ्ख्या ४३ लाख १८ हजार तीनसय ३५ पुगेको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१