नेपाली समाज मकाउद्वारा तीज बिशेष कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७३, आईतवार १०:३८


makauकर्ण बहादुर अधिकारी / मकाउ,चीन। नेपाली नारीहरूको महान चाड हरीतालिका तिजको अबसरमा मकाउमा नेपाली समाज मकाउले भाद्र १८ गतेका दिन आयोजना गरेको तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । स्थापना भएको केहि समयमा पश्चात तिज बिशेष कार्यक्रम आयोजना गर्ने सोच बनाएको नेपाली समाज मकाउले यो बर्ष मकाउका कार्यरत रहनु भएका नेपाली नारीहरुलाई सामुहिक रुपमा दर खुवाएको छ । मकाउ कोशीताक स्थित मकाउ नेपाली समाजको क्लवमा आयोजना गरिएको सास्कृतिक कार्यक्रममा नेपाली चेलीहरूको उल्लेख्य रूपमा उपस्थिति रहेको थियो।प्रबासमा रहेका दिदिबहिनीहरुलाई माईतिको न्यास्रो नहोस र प्रबासमा भए पनि आफ्नो संस्कृति,रीति रिवाज र परम्परालाई जगेर्ना गर्नलाई आयोजना गरिएको तिज बिशेष कार्यक्रमलाई चीनको स्वशाशित क्षेत्रमा मकाउमा भए पनि नेपालको झल्को मेटिने गरी नेपाली चेलीहरु राता सारी, छड्के तिलहरी, गहनापातले ढपक्कै ढाकिएका, सिंगारिएका दिदी बहिनीहरु एकदममै खुशी हुँदै कम्मर मर्काई मर्काई,तिजका विभिन्न भाकाहरुमा अन्तिम समय सम्म नृत्य गरेका थिए । नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति अम्बिर जोशी अतिथि हुनु हुन्थ्यो भने अन्य संघ संस्थाहरूबाट पनि प्रतिनिधित्व गरी संस्थाका पदाधिकारीहरूले उपस्थिति जनाएका थिए।कार्यक्रममा नेपाली समाजका अध्यक्ष दोर्जे तामाङले स्वागत मन्तब्य राख्दै दिनको १ बजेबाट रातको १० बजे सम्म कार्यक्रम संचालन भएको थियो।अब आउँने बर्षहरूमा पनि यसरी नै तीज बिशेष कार्यक्रम गरी मकाउमा कार्यरत रहनु भएका नेपाली चेलीहरूलाई माईतिको न्यास्रो मेटाउनका लागि पहल गरीने छौ भनी नेपाली समाजका अध्यक्ष दोर्जे तामाङले बताउनु भयो।chaina

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१