शिखर छाहारी सांस्कृतिक कला केन्द्र र जया मल्टिपल कलेजको आयोजनामा तिज बिशेष कार्यक्रम सम्पन्न (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७३, आईतवार ०६:३७

जयकाठमाडौँ ,१८ भदौ ।  शिखर छाहारी सांस्कृतिक कला केन्द्र र  जया मल्टिपल कलेजको आयोजना तिज बिशेष  बिबाहित महिलाको नृत्य प्रतियोगिताको उपाधी जया मल्टिपल कलेजले जितेको छ ।जया मल्टिपल कलेजको प्राङ्गणमा भएको सो कार्यक्रममा बिबाहित महिलाहरुको १६ वटा समुहले एक अर्काबिच प्रतिस्पर्धा गरेका थिए ।

जया मल्टिपल कलेज प्रथम भएको प्रतियोगितामा दोश्रो स्थान सेलीब्रेसन को एड, तेश्रो पुरस्कार मनकामना उच्च मावी, चौथो पुरस्कार कैलाश बोधी स्कुल र पाँचौ पुरस्कार सरस्वती उच्च मावी जोरपाटीले जितेका थिए । बिजेतालाई प्रमुख अतिथी रामेश्वर फुयाँलले शिल्ड बितरण गर्नु भएको थियो । कला केन्द्रकी अध्यक्ष कल्पना राजचल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सांसद दिपक कुईकेल,गोकर्णेश्वर नगरपालिकाकी कार्यकारी ईन्द्रकुमारी थपलिया,एमाले युवा नेता कृष्ण राई,चलचित्रकर्मी रामलाल चौधरी,सुदिप शर्मा , जया कलेजका प्राचार्य भवानी पौडेल,राष्ट्रिय अनलाइन पत्रकार संघका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगाना ,एम्नेष्टि मिडिया ग्रुपका महासचिब चित्र बहादुर रसाइली ,दिनेश डिसी   लगाएतको आतिथ्यता रहेको थियो  ।
तिज बिशेष कार्यक्रम  संचालन हुनुभन्दा अगाडी सोही संस्थाले माकलबारी बागमती करिडरमा बृक्षरोपण समेत गरेको जया मल्टिपल कलेजका प्रमुख भवानी पौडेलले जानकारी दिनुभयो ।
तिज १
तिज फुयाल भवानीतिज २

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१