पूर्व मन्त्रि ढकाल द्वारा थानकोट–चन्द्रागिरी केबुलकारको निरीक्षण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७३, आईतवार ०५:५८
ढकालकाठमाडौँ  । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले थानकोट–चन्द्रागिरी केबुलकारको निरीक्षण गर्नु भयको छ । चन्द्रागिरी हिल्स प्रालिले सञ्चालनमा ल्याएको केबुलकारको निरीक्षण पश्चात अध्यक्ष ढकालले ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्त्व बोकेको केबलकारले आन्तरिक र बाह्य पर्यटन भित्रायर देशको अर्थतन्त्रमा सहयोग हुन सक्ने प्रतिक्रिया दिनु भयो । पूर्व मन्त्रि समेत रहेका ढकालले नेपालका प्रत्यक डाँडाकाँडामा बिकासको सम्भावना रहेको बताउदै लगानीकर्ताहरुलाई निसन्देह लगानी गर्न आग्रह गर्नु भयो । उहाले यस्ता मनमोहक दृश्यहरुको अबलोकनले मानसिक स्वास्थ्यमा फाइदा हुनुको साथै आफ्नो देशप्रतिको प्रेम पनि बढ्छ भन्नु भयो । पूर्व मन्त्रि ढकालले चन्द्रागिरी हिल्स प्रालिलाइ केबलकार संगै अन्य सम्भावित सुबिधाहरुको विकास गर्न र पर्यटक मैत्री बाताबरण निर्माण आग्रह गर्नु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१