कालीगण्डकीमा ट्याक्टर खस्यो, ९ जना घाइते, ३ को अवस्था गम्भीर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०७३, शनिबार ११:१४

पर्वत । पर्बतको बराचौर ३ मा पर्ने भलाये डाँडामा ध १ त ३१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । kaligandaki

ट्याक्टर सडकबाट कालिगण्डकिमा खसेको हो । गम्भीर घाइते हुनेहरुमा रोल्पा, सिर्प ३ बस्ने वर्ष ४० का रिकमान पुन, १९ वर्षिय याम बहादुर पुन र १८ वर्षीय श्याम पुन रहेको प्रहरीले बताएको छ ।

उक्त ट्याक्टर पर्बत सदरमुकाम कुश्मा देखि खानेपानीको पाईप र सिमेन्ट बोकेर वहाकिठाँटी तर्फ जाँदैगर्दा अनियन्त्रीत भई कालीगण्डकी नदीमा खसेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१