गाड्न खोज्दा शिशु रोएपछि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०७३, शनिबार ०७:५६

काठमाडौं । मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी गरिरहेको अवस्थामा रोएपछि एक नवजात शिशुले जीवन पाएको छ ।

शुक्रबार दिउँसो ३ बजेतिर जन्मिएको शिशुले धेरै बेरसम्म हुने प्रतिक्रिया जनाएपछि रुकुमको एक दम्पतीले मरेको ठहर गर्दै नेपालगन्ज–१७, बुलबुलियास्थित घाट पर्याएका थिए ।baby

रुकुम, रुघा–द्द की १९ वर्षीया भावना ओली खड्काले घरमै जन्माएको शिशु नचल्मलाएपछि पति चौखवाङ–७ का २७ वर्षीय गोपाल खड्काले नजिकैको मेडिकल पुरयाएका थिए ।

मेडिकल संचालकले बच्चा नरोएको, नचलेको, शरिर निलो भइसकेको र श्वास नफेरेको भन्दै मृत घोषित गरिदिएका थिए ।

उनले तैपनि भेरी अञ्चल अस्पतालमा एकपटक देखाउन सुझाव दिएका थिए । तर, खड्का दम्पतीले शिशु मरेको भन्दै अपराह्न ४ बजेतिर गाड्न लगेको थिए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१