केटीको फेसबुक बनाउँदै ठग्दै साह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ भाद्र २०७३, शनिबार ०७:४०

काठमाडौं ।युवतीको नाममा फेसबुक बनाई ठगी गर्दै आएका युवक पक्राउ परेका छन् । सप्तरी बस्ने विराटनगरका २४ वर्षीय विकासकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।face fb account

महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई भारतबाट पक्राउ गरी ल्याएको हो । उनले काठमाडौंको युवतीहरुको नाममा फेसबुक बनाएका थिए ।

तीनै युवतीका साथीहरुलाई साथी बनाई आफूलाई समस्या परेको भन्दै च्याटमा सहयोग माग्ने गरेका थिए । कसैसँग रिचार्ज गरिदिन आग्ह गर्थे तथा कहिले बिरामी भएको भन्दै खर्च माग्दथे ।

चिनेकै साथीले सहयोग मागेपछि दिने गरेका थिए । तर, वास्तविक साथी नभई उनीहरुको नाममा नक्कली फेसबुक अकाउण्ट बनाई त्यसरी साहले भलुक्याएर ठगी गर्दै आएका थिए ।

पछि युवतीहरुले थाहा पाएर प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१