तीज पर्वसँगै जोडिएर आउँछ दर खाने संस्कृति । तीजको अघिल्लो दिन दिदीबहिनीसँगै बसेर ‘दर’ खाने संस्कृति विस्तारै फेरिँदो छ। उहिले वर्ष दिनमा एक दिन खाइने दर अचेल करिब महिना दिन अघिजसो सुरु हुन्छ । चिनजान, आफन्तलाई बोलाएर दर खाने, रमाइलो गर्ने चलन बढेको छ । यो चलन सहर बजारमा झन् मौलाउँदो छ । महिलालाई वर्ष भेला हुने, रमाइलो गर्ने माध्यम पनि बन्दै आएको छ– दर । वास्तवमै दर के हो त ?
दर खाने संस्कृति कृषि अर्थतन्त्र समाजमा आधारित छ । यो मूलतः नेपाली मध्यपहाडी संस्कृति हो । बर्खामा खेतीपातीलगायतका कर्म पूरा गरिसकेपछि शरीरका लागि आवश्यक पोषणपूर्ति गर्ने माध्यमको रूपमा दरको संस्कृति विकास भएको जिकिर उनको छ ।
‘हरेक समाजले यस्ता आवश्यकताहरू पूरा गर्न विधि बनाएको हुन्छ, त्यो नै संस्कृति बन्नपुग्छ । दर कुनै धर्म विशेषको भन्दा पनि कृषि अर्थतन्त्रले निर्माण गरेको संस्कृति दर हो । यो पोषणपूर्ति गर्ने माध्यम हो’, यो प्रकृतिसँगको सामीप्यताको अभिव्यक्ति हो । दर खाने मौसम हरियो घाँसको मौसम भएकाले दुग्धजन्य पदार्थ बढी पाइन्छ । ‘त्यसैले दर भन्नासाथ दुग्धजन्य खाद्यान्न नै बुझिन्छ’,।
दर खाने संस्कृतिको सुरुवात राईहरूबाट भएको तर्क छ । दहीमा राखेर खाइने काँक्रालाई नै दर भनिएको त्यहाँ उल्लेख छ । भन्छन्, ‘यो पूर्णतया नेपाली परम्परा हो ।’ सौरभ संस्कृतिमा हुने परिवर्तनलाई ध्यान दिन आग्रह गर्छन् । ‘हरेक संस्कृति फेरिन्छ, दरको पनि मौलिक स्वरूप फेरिएको छ’, ।
समाज फेरिएको छ । सामाजिक सम्बन्ध र अर्थतन्त्र पनि फेरिएको छ । सँगसँगै दैनिक खाना पनि फेरिएको छ । अचेल पोषणको अपुग हुने सन्दर्भ लगभग हराइसकेको छ । तर, दर खाने संस्कृति झनै व्यापक बनिरहेको छ । दरको नाममा अहिले आधुनिक परिकार खाने चलन बढेको छ । चिल्ला, चिल्ला पीरा, मांसाहारी र अन्य पेयपदार्थसमेत तीजको दरखाने सूचीमा दरिएका छन् । के यो स्वास्थ्यवद्र्धक छ त ?
दरको नाममा खाइने आधुनिक परिकार स्वास्थ्यवद्र्धक छैन । ‘हाम्रो जीवनशैली फेरिएको छ, कम मेहनत पर्ने काम गर्छौं’, स्वास्थ्यलाई हानि पु¥याउने खाना बढी खान्छौं ।’ रङ हालेको मिठाई, चिल्लो खाना, बजारको पेयपदार्थ स्वास्थ्यवद्र्धक छैनन् ।
प्रतिक्रिया