अभागी प्रेमी जो प्रेमिकाको टोकाईबाट मरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७३, शुक्रबार १६:१३

समाचार अमेरिकाको न्यु मेक्सिकोको हो । जहाँ प्रेममा परेका जोडीहरु एकअर्कामा मायाँमा लिन बन्दैगर्दा प्रेमिकाको तर्फबाट ‘लभ बाइट’ अर्थात मायालु टोकाईको अवस्था आयो । तर प्रेमिकाको त्यो मायालु टोकाईनै प्रेमीको लागि कलिलो उमेरमै मृत्युको कारण बन्यो ।

कुनैपनि गर्लफ्रेन्डले आफ्नो मायालु प्रेमीलाई मरोस् भनेर त किन टोक्छीन् होला र ? तर उनको टोकाईकै कारण अभागी प्रेमीको १७ वर्षकै उमेरमा ज्यान गुम्यो । न्यु मेक्सिकोमा बस्ने १७ वर्षीय जुलियो गोन्जोलज आफ्नी २४ बर्षीया प्रेमिकाको साथ डेटिंगमा थिए । डेटिंगकै क्रममा उनीहरुबीच मायालु टोकाई भएको थियो ।  डेटिंगपछी घर आएका ति युवा आफ्नो परिवारसँगै डिनर लिनका लागि घरमा बसेका थिए । अचानक उनको शरीरमा ऐठन भयो । अचानक उनलाई तीब्र रुपमा दुखाईको महशुष भयो । उनलाई तत्कालै अस्पताल पुर्याइयो तर डाक्टरहरुले उनलाई बचाउन सकेनन् ।

डाक्टरहरुको अनुसार साधारण टोकाईकै कारण गोन्जालेजको गर्धनमा रगत जमेको थियो । उक्त जमेको रगत उनको मस्तिष्कसम्म पुगेपछी उनलाई मस्तिष्कघात भयो र उनको मृत्यु भयो । गोन्जालेजको मृत्युपछि उनकी प्रेमिका फरार रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१