छिटै धनि हुने लोभमा दुइ इन्जिनियर लागुऔषध सहित पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७३, शुक्रबार १५:५१

भैरहवा । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डा भैरहवाले ठूलो परिमाणमा लागुऔषधसहित दुई जना इन्जिनियरलाई पक्राउ गरेको छ ।जिल्लामा अत्यधिक मात्रामा भारतीय सीमा नाका बेलहीयाबाट चाड पर्वको बेलामा कपडा र ड्रग्स भित्रीएको भन्ने चर्चा परिचर्चा भईरहे पछि राजश्व गस्तीले छुट्टै टोली बनाई अनुसन्धानलाई तीव्रता बनाए लगत्तै यति ठूलो परिणाममा लागुऔषध बरामद गरिएको हो । लागुआउसध्

पक्राउ पर्नेहरुमा रुपन्देहीको सौराहा फर्साटिकर १ का २८ वर्षीय नविनराज बास्तोला र वडानम्बर २ का २५ वर्षीय महेश गैरे रहेका छन् । बास्तोला सिभिल इन्जिनियर हुन् भने गैरे आइटी इन्जिनियर हुन् ।  बास्तोला र  गैरेलाई लु १८ प ९३८१ नं. को पल्सर बाइकमा पक्राउ गरिएको र निजको झोला चेकजाँच गर्दा लागुऔषध बरामद गरिएको राजस्व गस्ति डन्डाका डिएस पी शंकर खनालले जानकारी दिए ।उनीहरुको साथबाट ठूलो परिमाणमा नुफिन, फेनारगन, नाइट्राभेट लगायतका २ हजार सिसि, नगद २३ हजार रुपैयाँ, ३ वटा मोबाइल, ल्यापटप र उनीहरुले प्रयोग गरेको लु १८ प ९३८१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको डिएसपी खनालले बताए ।बरामद भएको सामान खोलेर हेर्दा कमल नामका मनकामनाका व्यक्तिलाई १० थान, सोनु नामको खैरेनीटारका व्यक्तिलाई, ८ थान, खैरेनीटारकै राजनलाई ३ थानर रबन नामको व्यक्तिलाई १ थान, अर्जुन नामका पोखराका व्यक्तिलाई २ थान दिने भनि प्याकिङ्ग गरिएको छ । पक्रापरेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाइएको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१