रणवीर कपुरसँग सम्बन्ध बिग्रिएपछि क्याटरिनाले यसो भन्न थालेकी छिन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७३, शुक्रबार ११:५०

रणवीर कपुरसँगएजेन्सी । रणवीर कपुरसँग सम्बन्ध बिग्रिएपछि र पछिल्लो रिलिज ‘फितूर’ ‘फ्लप’ भएपछि अभिनेत्री क्याटरिना कैफको फिल्मी करिअर सकिएको अनुमान गर्न थालिएको छ । तर, उनी अहिले धर्मा प्रोडक्सनको फिल्म ‘बार बार देखो’को चर्चासँगै चर्चामा छिन् ।

तैपनि करिअरमा प्रश्न उठ्न सक्ने उनी स्वयंले अनुमान गरेकी छिन् ।‘बलिउडमा रहनु वा यसबाट बाहिरिने कुरा आफूमा भर पर्दैन, भाग्यमा भर पर्छ,’ एक अन्तर्वार्तामा उनले भनिन्, ‘अहिले मलाई काम मिलिरहेको छ । काम पाएसम्म गरिरहनेछु ।’ नयाँ पत्रिकाले छापेको छ ।

१३ वर्षे बलिउड यात्रामा क्याटरिनाले लगभग सबै ठूला ‘स्टार’सँग काम गरेकी छिन् । यस विषयमा उनले बिबिसीलाई भनेकी छिन्, ‘आमिर काममा पुरै डुब्छन्, साहरुख को–स्टार्सको ख्याल राख्छन् र अक्षय लगनसाथ आफ्नो काम गर्छन् । सलमानचाहिँ जे गर्छन्, मनैबाट गर्छन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१