भाइरलको प्रकोप बढ्यो, अस्पतालमा नै अटाएनन् बिरामी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०७३, शुक्रबार ११:२०

उदयपुर । केही दिनयता उदयपुरको मध्य तराईलगायत त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप दिनानुदिन बढ्दै गएपछि धेरै स्थानीय बासिन्दा भाइरलबाट प्रभावित हुन थालेका छन् ।

भाइरलको बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा बिरामीको खचाखच हुन थालेको अस्पतालका चिकित्सक बताउँछन् ।

जिल्लाको पूर्वी क्षेत्रको हँडियाँ, सुन्दरपुर, जोगिदह, त्रियुगा नगरपालिका, साउने, खाँबु, मुर्कुचीलगायत लालपता क्षेत्रका विद्यालय जाने विद्यार्थीदेखि माथिल्लो उमेरका सबैलाई भाइरलले प्रभावित पार्न थालेको स्थानीयवासीले बताएका छन् ।

सुरुमा रुघाखोकी लाख्ने, ज्वरो आउने, नाकबाट पानी आउने र टाउको दुख्नेजस्ता लक्षणबाट बिरामी प्रभावित हुने गरेको  चिकित्सक बताउँछन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१